महिला र पुरुषको सर्टको टाँक फरक भागमा हुनुका अनौठा ४ तथ्यहरु

बिगुल सौन्दर्य ।
काठमाडौँ ।
हामो दैनिक जीवनमा यस्ता धेरै कुराहरु छन् ,जसको बारेमा हामीले ध्यान दिएका हुदैनौ । तर त्यस्ता कुराले ठूलो महत्व पनि राख्न सक्दछ।
सयद तपाइले यो कुरा कहिल्यै ख्याल गर्नु भएको थिएन, पनि महिला र पुरुषले लगाउने शर्टमा टाँक (बटन) फरक फरक साइडमा हुन्छ । महिलाले लगाउने शर्टको बटन बायाँ साइडमा हुन्छ भने पुरुषको शर्टमा दायाँ साईडमा हुन्छ। यो किन हुन्छ,होला ? यस्तो हुनुका चार कारणहरु तल पढ्नुहोस।:

१. हामीले लगाउने शर्टको बटन पनि विभिन्न सिद्धान्तहरुमा आधारित भएर बनाईएको हुन्छ । धेरै बर्ष पहिले देखि यस्ता सिद्धान्तहरुमा शर्टको बटनको साइडका बारेमा तथ्य र तर्क दिईएको पाईछ । यस्तो पनि भन्ने गरिन्छ ,की प्रचीन समयमा पुरुषहरुले आफै कपडा लगाउँथे भने महिलाहरुलाई अरुले कपडा लगाईदिने गरिन्थियो ।

२. त्यसैगरी अर्को कारणको बारेमा गरिएको अनुसन्धानको  सिद्धान्तले भन्छ, ‘पहिला पुरुषहरु दायाँ हातमा तरवार बोकेर हिड्ने गर्थे भने महिला बायाँ हातमा बच्चा बोकेर हिँड्थे । पुरुषलाई बटन खोल्न वा लगाउनको  लागि बायाँ हातको सहारा चाहिन्थ्यो त्यसैले पुरुषको शर्टमा दायाँ पट्टी बटन राख्न लागियो । तर महिलाले बायाँ हातले बच्चा बोक्ने हुँदा दायाँ हातले बटन खोल्नु पर्ने भएका कारण बायाँ पट्टी बटन राख्ने गरिएको हो  ।

३. पहिले महिला तथा पुरुषले लगाउने पहिरनमा भिन्नता हुल्थ्यो । तर समयक्रममा आएको परिवर्तनले महिलाले पनि पुरुषले लगाउने पोषाक लगाउन सुरु गरे । तर महिला र पुरुषले लगाउने शर्टमा बटन भिन्न भिन्न साइड हुन्छ ,जसको कारण माथि नै उल्लेख गरिएको छ ।

 ४. शर्टको बटन फरक फरक साइडको किस्सा नेपोलियन बोनापार्टसँग पनि जोडिन्छ । भनिन्छ गरिन्छ  उनले महिलाका कपडामा बायाँ भागमा बटन लगाउन आदेश दिएका थिए । नेपोलियनले एक हाात शर्टमा राखेर उठ्ने गर्थे । महिलाहरुले उनको नक्कल गर्न थालेपछि उनले बटनको साइडबारे नयाँ नियम बनाएका थिए । त्यससंगै यो कुरा प्रचलनमा आयो पनि भनिछ ।

प्रकाशित : बुधबार, जेठ २६, २०७३१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केरामा टिस्युकल्चर विधि