भुलेर पनि आफ्नो प्रेमीलाई नभन्नुहोस् यी ५ कुराहरु

सामान्यता प्रेमिकाले आफ्नो प्रेम सम्बन्धलाई गदा, दिगो र सुमधुर बनाउन सुरुवाती चरणमा आफ्नो प्रेमीसँग मन खोलेर सम्पर्ण कुराहरु गर्न रुचाउछन। प्रेमीबाट धेरै माया पाउने आशामा तथा मन जित्ने धूनमा सबै कुरा नलुकाईकन भन्नखोज्दा उनीहरुले आफु नै नांगिएको पत्तै समेत पाउदैनन् ।

यसरी मनभित्रका सबै कुराहरु, भावना र इमोसनहरु ब्वायफ्रेण्डसँग तुरुन्तै शेयर गर्दा हजुरको ब्वायफ्रेण्डसँगको सम्बन्धलाई बलियो हुनुको सट्टा झनै बिग्रिन पनि सक्छ । त्यसकारण यदि कोहि महिला मित्र कोहि केटासँग प्रेम सम्बन्धको सुरुवात गर्दै गरेको अबस्थामा हुनुहुन्छ भने यस्ता कुराहरु भुलेर पनि नगर्नुस् ।

१. तिमि मेरो पूर्वप्रेमी जस्तै लाग्छ :
सामान्यतय केटाहरु गर्लफ्रेण्डले आफुलाई उसको पहिलेको ब्वायफ्रेण्डसँग तुलना गरेको रुचादैनन् । त्यसैले हजुरले यदि यस्तो कुरा आफ्नो नयाँ प्रेमीसँग गर्नुभयो, भने त्यस कुराले तपाई प्रतिको प्रेमी विश्वास कम हुनसक्छ साथै सम्बन्ध चिसिन पनि जान्छ ।

२. तिम्रो ड्रेसआप भन्दा तिम्रो साथीको राम्रो देखिन्छ :
हजुरले जति तारिफ र प्रसंशा गर्नु छ आफ्नो प्रेमीको नै मात्र नगर्नुहोस, र उसलाई कसैसँग तुलना पनि कहिल्यै नगर्नुहोस। नराम्रो नै भए नी तल परे कुरा नपार्नुस् । प्रेमीले लगाएको कपडा कति नसुहाएको, तिम्रो साथीहरुले त कति राम्रोसँग लगाउँछन्,आदि जस्ता कुरा बारम्बार सुनाउनुभयो भने उसले दिक्क मान्न सक्छ । दिक्क मात्र होइन, तपाइले तारिफ गर्ने उसको साथी र तपाई बीचमा केहि चलेको समेत हुनसक्ने शंका पनि उसले गर्न सक्छ ।

३) हामीले बच्चाको नाम के राख्ने :मानौँ तपाइँ ब्वायफ्रेण्डप्रति नतमस्तक हुनुहुन्छ तरपनि विवाह र बच्चा पाउने कुरा यति छिटै नगर्दा राम्रो हुन्छ । केटाहरु विवाहको कुरामा प्रायः डराउँछन् । तपाइँको बच्चासम्मको सोधाइले उसमा बढि दबाब महसुस हुन्छ र तपाइँसँग टाढिन सक्छ ।

४)तिम्रा साथीहरु मलाई मन पर्दैन – तपाइँका लागि प्रेमीले आफ्ना साथीहरु गुमाउन चाहँदैन र उसका आनीबानीलाई देखेर तपाइँमा रिस उठ्नसक्छ । तापनि आफ्नो सम्बन्धको भलाइका लागि चुप रहकै राम्रो हुन्छ।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७३०९:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिला र पुरुषको सर्टको टाँक फरक भागमा हुनुका अनौठा ४ तथ्यहरु