यस्ता चार प्रकारका युवतीसँग कदापी विवाह गर्नु हुन्न :विष्णु पुराण

बिगुल न्युज ।
काठमाडौँ ।
हिन्दु धर्म अनुसार विवाह एक पवित्र कार्य हो। यो एउटा मानव जीवनको महत्वपूर्ण संस्कार पनि हो । विवाह पछि सबैले आफ्नो जीवन सुखी भएको पनि हेर्न चाहन्छन् । जसको निम्ति जीवन संगिनी राम्रो हुनु पनि आवश्यक हुन्छ। विवाह पछिको जीवन सफल र सुखी बनाउनको लागि यस्तो युवती खुज्नु पर्छ जसले घर र परिवारमा माया,ममता र सदभाव,बाँड्न सकोस्।
हिन्दु धर्मको विष्णु पुराणमा स्त्रीका विषयमा थुप्रै कुराहरु गरिएको छ। यस पुराणमा यस्ता ४ प्रकारका युवतीसँग सँग कदापी विवाह लागि योग्य नहुने लेखिएको छ। कस्ता युवतीसँग भुलवश पनि विवाह गर्नु हुदैन, त !

१. छुद्र तथा खराब बोली भएकी स्त्री
भन्ने गरिन्छ ,महिलाको नम्र बोली र लज्जा गहना उसका गहना हुन् । त्यस्तै मिठो बोलीमा सरस्वतीको बास हुने कुरा पनि पुराणमा उल्लेख छ । सरस्वतीलाई बाणीकी देवी पनि भनिन्छ । मिठो बोली बोल्ने स्त्रीसँग सरस्वती सँधै प्रसन्न हुने कुरा पनि पुराणमा लेखिएको छ । छुद्र वा कुट वचन बोल्ने स्वभावको महिलाले घरको अशान्ति फ़ैलाउछ्न र घरमा भाडभैलो गर्छन् भन्ने पुराणमा उल्लेख छ । विवाह गर्दा छुद्र वा कटु बचन बोल्ने स्त्रीबाट टाढै रहेको राम्रो हुने कुरा पुरनमा छ ।

२. परिवारको कोही नाता पर्ने स्त्री
नाता पर्ने र सहगोत्रीसँग युवतीसँग विवाह गर्नु हुँदैन । आमा वा बुवा कसैको पनि नाता पर्ने स्त्रीसँग विवाह गर्दा विभिन्न अनिष्ठ हुने कुरा विष्णु पुराणमा उल्लेख छ । नजिकको सम्बन्धमा विवाह गर्दा घातक सावित हुने कुरा बिज्ञानले समेत घातक मानेको छ । हिन्दु धर्म शास्त्रमा कम्तिमा सात पुस्ता कटे पछि मात्र विवाह गर्न राम्रो हुने बताएको छ।

३. पापी र दुष्ट पुरुषसँगको संगत र सम्बन्ध भएकी स्त्री
विवाह अगाडी नै पुरुषसँग सम्बन्ध स्थापित गरेकी र पापी र दुष्ट पुरुषको संगत गर्ने स्त्रीसँग पनि विवाह गर्न अनुपयुक्त हुने विष्णु पुराणले बताउछ। यस्ता स्त्रीलाई विवाह गरेमा जीवनमा कस्ठ र संकट आइपर्छन् । त्यसैले दुष्ट पुरुषसँग सम्बन्ध हुने स्त्रीसँग विवाह नगर्नुहोस् ।

४ अल्छी स्वाभाव र ढिलो सम्म सुत्ने स्त्री
विष्णु पुराणमा भनिएको छ, अल्छी हुनु स्त्रीका लागि असोभनीय कुरा हो। स्त्री सधै जाँगरिली र फुर्तितो स्वभाव हुनु पर्छ । अल्छी र बिहान ढिलो सम्म सुत्ने स्त्रीले घरमा कुनै पनि काम राम्ररी गर्न नसक्ने कुरा पुराणमा उल्लेख छ। सफा सुग्गर नहुने फोहोर घरमा लक्ष्मीले बास गर्दिनन् । ढिलो सम्म र धेरै समय सुत्ने मानिस स्वस्थ समेत हुँदैनन् । त्यसैले अल्छी युवतीलाई विवाह गर्दा घर अस्तबेस्त हुने हुदा यस्ता युवतीसँग विवाह गर्नु हुदैन ।

प्रकाशित : सोमबार, जेठ २४, २०७३१८:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शास्त्रका अनुसार यस्ता छन् चाँडै धनि बन्ने पाँच लक्षणहरु