अनुहारको आकार हेरेरै व्यक्तिको व्यक्तित्व पत्ता लगाउनुहोस

सामान्यतया मानिसको मुहारको बनावट अथवा आकारले मानिसको सुन्दरता र व्यक्तित्व झल्काउने गर्दछ। यहाँ हामी तपाईलाई यस्तो रहस्य बताउन गईरहेका छौ की जसबाट तपाईले आफ्नो र अरुको अनुहारको बनावट हेरेर व्यक्तित्वको बारेमा जान्न वा बताउन सक्नुहुन्छ।

१.त्रिकोणात्मक आकारको मुहार :
यस्ता अनुहार भएका व्यक्तिहरु आफ्नो काममा लगनशिल हुन्छन, र आफ्नो मानशिक तनाव भुलाउन काममा नै व्यस्थ रहन रुचाउछन । उनीहरु विभिन्न धारण राख्ने तथा आफ्नो विचार,सोच अरुलाई बाड्ने रुचाउने खालका पनि हुन्छन । यिनीहरुमा राम्रो सोच्न सक्ने क्षमताका पनि हुन्छन्।

२.गोलो आकारको मुहार:
यस्ता व्यक्तिहरु आफु भन्दा अरु प्रति बढी चासो देखाउने खालका हुन्छन् । आफ्ना सहपाठीप्रति बढि चासो दिने आकर्षित हुने खाल पनि हुन्छन् ।

३.डाइमण्ड आकारका:
यस्तो मुहार हुने व्यक्तिहरु आफ्नो काम धेरै सोचेर सम्झेर गर्ने खालका हुन्छन् । जसले गर्दा उनिहरु आफ्नोकाममा सधै सफल रहन्छन् । कुनै समस्या आएमा पनि त्यसलाई समाधान गर्न सक्ने खालका पनि हुन्छन् । उनीहरु कुनै पनि समस्यासंग नआतिने र रमाइलो गर्न रुचाने खलका हुन्छन् ।

४. अण्डाकार मुहार :
यस्तो मुहार भएको व्यक्तिहरु सबै कुराहरु सुझबुझले गर्ने र सहि कुराहरु भुझ्न सक्ने क्षमता भएका हुन्छन् । आफु सबै कुरामा सक्षम रहने र अरुलाई खुसि राख्ने शब्दहरु बोलेर अरुको प्रसंशा गर्ने र प्रसंशा कमाउने खालका व्यक्ति हुन्छन् ।

प्रकाशित : आइतबार, जेठ २३, २०७३०९:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुलेर पनि आफ्नो प्रेमीलाई नभन्नुहोस् यी ५ कुराहरु