दाँत बिग्रन बाट बचाउने यस्ता छन् दश घरेलु उपायहरु

बिगुल स्वास्थ्य, काठमाडौँ । मानिस हेर्दा जिउडाल चटक्क मिलेको अनि अनुहार पनि चम्किलो छ तर मुसुक्क हाँस्ने बेला दाँत बिग्रेको छ भने त्यो सुन्दरताको पनि खासै अर्थ नहुन सक्छ । चिकित्सकको सहयोगमा बिग्रेका दाँत बनाए पनि निकट भविष्यमा त्यस्तो दाँत कमजोर पनि हुन सक्छ । हुन त खानपानको आधारमा पनि दाँतको आकार प्रकार परिवर्तन हुने गर्दछ । बिभिन्न गलत बानीकै कारण पनि दाँत बिग्रने समस्या देखा पर्न थाल्छ । यस्तो अवस्थामा सम्यम भएर दाँतको हेरचाह गर्नु नै बुद्धीमानि हुन जान्छ ।
दाँत बिग्रनुका के कस्ता कारणहरु हुन्छन् त ?

१. नियमित रुपमा दन्त परीक्षण गर्नु dental-test
दाँतलाई स्वस्थ राख्नका लागि कम्तीमा बर्षको एक पटक दाँतको परिक्षण गर्नु आवश्यक हुन्छ । दाँतमा आउने बिभिन्न प्रकारका दुखाईहरु लाई बेवास्ता नगरी बेलैमाथी दन्त चिकित्सक संग दाँतको परिक्षण गराउनु उचित हुन्छ । दंत चिकित्सक संगको सल्लाहमा दाँतमा लाग्न सक्ने संभावित रोगबाट बच्न सकिन्छ ।

२. समस्यालाई छिट्टै नबिर्सनु

shortchipteeth1-1030x468
दाँतमा हुने बिभिन्न दुखाईहरु को समाधानका लागि दुखाई कम गर्ने औषधी प्रयोग गरेपश्चात यसको दिर्घकालिन समाधान तर्फ मानिसहरुको ध्यान कम नै जाने गर्दछ । यसरी दाँतको समस्यालाई तत्काल राह पाउनासाथै बिर्सनु गलत कुरा हो । चिकित्सकले दिएको सुझाव तथा सल्लाहको पूर्ण रुपमा पालना गर्नुहोस् ।

३. आफै जान्ने नबन्नु

images
दाँत दुखेका बेला डक्टर संग सल्लाह लिन झञ्झट मानेर कतिपय मानिसहरु आŠनै मर्जिले औषधीको प्रयोग गरिरहेका हुन्छन् । तर यस्तो गर्नु स्वास्थ्यका दृश्टीकोणले निकै हानीकारक साबित हुन सक्छ । दाँतमा कुनै पनि गंभिर प्रकृतीको समस्या आएको महशुष भएको छ भने तुरुन्त चिकित्सक संग को सल्लाहमा औषधीको प्रयोग गर्नुहोस् ।

४. आफ्ना पुराना रोगहरुको बारेमा चिकित्सक संग खुलेर कुरा गर्नुहोस् ।

dental-test
चिकित्सकले दाँतको उपचार गर्ने समयमा तपाईले यसअघी कस्तो प्रकारको औषधी प्रयोग गर्नुभएको थियो सो वारेमा पूर्णरुपमा जानकारी गराउनु पर्ने हुन्छ । तपाई केही समय अगाडी प्रयोग गरेका केही औषधीहरुको कारणले एलर्जि निम्त्याएको हुन्छ । यी सबै समस्याहरु चिकित्सकलाई खुलस्त पारेर बताएमा उपचार प्रकृया अघि बढाउन सहयोग पुग्छ ।

५. हतारमा दाँत नमाझ्नु

brushing-teeth
धेरैजसो मानिसहरु नियमित रुपमा दाँतको सफाई गर्न झंझट मान्छन्, कतिपय मानिसहरु त समय दिएर दाँतको सफाई गर्न झंझट मान्छन्, हतारहतारमा दाँतको सफाई गर्ने बानीले निकट भविष्यमा निकै ठुलो समस्या निमत्याउन सक्छ । यसो गर्दा दाँतको इनामेल कमजोर हुने संभावना हुन्छ । नरम प्रकारको ब्रसले दिनमा कम्तीमा दुई पटक दाँत माझ्ने गर्नुपर्दछ । धेरै समय दिएर मुखको हरेक कुना कुनामा पुग्नेगरी दाँत माझ्नुका साथै ब्रसलाई तीन–चार महिनामा परिवर्तन गर्ने गर्नुपर्दछ ।

६. एन्टिसेप्टिक माउथवास गर्नु उचित

woman-using-mouthwash
दाँतको उचित हेरचाहका लागि ब्रस गर्नुका साथै माउथवास र Šलासिङ पनि गर्नु जरुरी हुन्छ । दाँतको बिचमा खाना अड्कने गर्नाले दाँत सड्न गई गिजाको संक्रमण हुने संभावना रहन्छ । यसैकारण स्वस्थ गिजा तथा दातको लागि डेन्टल Šलास या इन्टरडेन्टल ब्रसको प्रयोग गरी दाँतको बिच भागमा सफा राख्न सकिन्छ । मुखलाई किटाणु बाट बचाउनका लागि साँझ सुत्नु अघि एन्टिसेप्टिक माउथवासबाट एक पटक कुल्ला गर्नु उचित हुन्छ ।

७. जंकफुड बढी नखानु cold-drinks-250x250
बजारमा पाईने थुप्रै प्रकारका खानेकुराहरु जस्तै बढी सोडा, कोल्डड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतको लागि निकै असर पूर्याउदछन्, दातको ईनामेललाई पनि सिधै असर पार्ने हुँदा निकै गुलियो र टाँसिने पदार्थ, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट जस्ता पदार्थहरु खानाले दाँतमा सडन पैदा हुन्छ । बिशेषगरी बालबालिका हरुले यस्तो चिज खानका लागि जिद्धी गर्ने हुदा हप्तामा एक पटक मात्र यस्ता चिजहरु सेवन गर्नु ठिक हुन्छ, तर नियमित रुपमा दाँतको ब्रस गर्न भुल्नु हुदैन् ।

८. हरियो सागसब्जी तथा फल खानु

bigstock-fresh-organic-vegetables-in-wi-47214697
दाँतको स्वास्थ्यका लागि हरियो सागसब्जी तथा फलफुल खानु जरुरी हुन्छ । यस्ता पदार्थहरुबाट प्रसस्त मात्रामा भिटामिन पाईने हुनाले दाँत र गिंजाको स्वास्थ्यका लागि उपयोगि हुन्छ । अनुसन्धानका क्रममा के तथ्य फेलापरेको छ भने दैनिक ८ सय मिलिग्राम भिटामिन सि को सेवनले दाँत र गिजालाई स्वस्थ बनाउनुका साथै हुनसक्ने संक्रमण बाट पनि बचाउने काम गर्दछ । चीज, दुध तथा दशीमा पनि प्रसस्त मात्रामा भिटामिन डि पाईन्छ ।

९. सुर्तिजन्य पदार्थको सेवन कम गर्नु

Smoking
चुरोट, बिडि तथा सुर्तिजन्य पदार्थहरुको सेवनले दाँत तथा गिंजामा हानी गर्दछ । यस्ता चिजहरुको सेवनले दाँत पहेलो तथा कालो भएर बिग्रने समस्या अधिक हुन्छ ।

१०. अन्य केही नराम्रा बानीहरु

shortchipteeth1-1030x468
दाँतको इनामेलमा असर पार्ने यस्ता नराम्रा बानीहरुले दाँतको इनामेलमा असर पार्दछ । जस्तै राति सुतेको बेला दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु तथा आइसक्रिम वा अत्यन्तै चिसो चिजहरु चपाएर थुक्नु दाँतको स्वास्थ्यका लागि निकै हानीकारक साबित हुन्छ । स्वास्थ्य खबरपत्रिका

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७३०९:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घामले डढेको छाला ठिक पार्ने यस्ता छन् घरेलु उपायहरु