कञ्चन काफिया’का चोटिला तीन मुक्तक

मुक्तक नं १ 

आजकाल सारै सताउछ कालेको मायाले
भर्खर भर्खर सुरु हुन थालेको मायाले

भर पनि लाग्छ डर पनि लाग्छ मलाई कतै ,
अलपत्रै पार्ने हो कि नौजालेको मायाले

मुक्तक नं २

आजै गर भोलि कुरा होला नहोला
देखेका सपना पुरा होला नहोला

लिएका संकल्प, संगै तिम्रो नाउको,
सिरमा सिन्दुर हातमा चुरा होला नहोला

मुक्तक नं ३

कसैको झुठो मायामा फस्दिन भन्दा भन्दै
जाली झेली दिलमा बस्दिन भन्दा भन्दै

खै ? कसरी नजिकिन पुगेछु म तिमी संग,
बेर्थ्यै रुन प्रेम डोरी कस्दिन भन्दा भन्दै

कञ्चन काफिया

बीरबास, गुल्मी

प्रकाशित : सोमबार, जेठ १०, २०७३०४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कथा : नाजायज माया