क्याल्कुलेटरमा रहेका उस्तै दुई बटन C र CE मा के फरक छ ?

आधुनिक युवा पुस्ता क्याल्कुलेटरसँग निकै नै परिचित छ । क्याल्कुलेटर हरेक मानिसका लागि दैनिक जीवनको एक महत्वपूर्ण साधन बनिसकेको छ । बच्चादेखि बुढासम्मले क्याल्कुलेटर खिचेर हिसाब गर्छन् । थोरैमात्र पनि दिमाग खर्चिने फुर्सद सायदैलाई होला ।

यतिधेरै प्रयोग हुने भएकाले पनि यसको हरेक कि तथा प्रयोगको तरिका प्रायलाई कन्ठै हुन्छ । तर, के तपाईंलाई थाहा छ क्याल्कुलेटरमा हुने EC र C बटनमा के अन्तर छ भन्ने कुरा ? यी दुई बटनको काम उस्तै-उस्तै हुन्छ । त्यसैले पनि धेरैलाई यसको अन्तर थाहा नहुनसक्छ ।

समानता

यी दुबै बटमा भएको C अर्थ ‘क्लियर’ अर्थात क्याल्कुलेटरमा भएको इन्ट्री मेट्ने भन्ने हो । त्यसैले यी दुवैको काम समान लाग्छ ।

भिन्नता

तर, गहिरिएर बुझ्नुभयो भने यसमा धेरै भिन्नता पाउन सक्नुहुन्छ । क्याल्कुलेटरमा उल्लेख CE को पूरा रुप ‘Clear entry’ र अर्को बटनमा रहेको C को पूरा रुप ‘Clear’ हो । नामजस्तै यी दुई बटनले काम पनि फरक-फरक गर्छ ।

तपाईंले क्याल्कुलेटरमा उतार्नुभएको पछिल्लो इन्ट्रीमात्र मेट्नका लागि CE को प्रयोग गर्न सक्नुहुन्छ । यसले सबैभन्दा ताजा इन्ट्रीलाईमात्रै मेट्ने काम गर्छ । तर, C बटन थिच्नुभयो भने क्याल्कुलेटरमा तपाईंले थिच्नुभएको सबै इन्ट्री मेटिन्छ ।

अर्थात तपाईंले दुई-तीन चरणको हिसाब गर्दै हुनुहुन्छ भने पनि यसले सबै इन्ट्रीलाई मेटिदिन्छ ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित : सोमबार, जेठ ०३, २०७३०२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली बैज्ञानिकको चमत्कार, जसको खोजले बिश्वमै चहलपहल