मालपोत कार्यलयमा अनलाइन सेवा सुरु

बागलुङ, २ जेठ । जिल्ला मालपोत कार्यालयले अनलाइन सेवा सुरु गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको योजनाअनुसार अनलाइन सेवा सुरु गरिएको हो । मन्त्रालयले पहिलो चरणमा मुलुकका १६ जिल्लाका मालपोत कार्यालयमा अनलाइन सेवा सुरु गर्न लागेको हो । अनलाइन सेवामार्फत सेवाग्राहीले घरबाटै जग्गा पासका लागि आवेदन दिन सक्नेछन् ।

अनलाइन प्रणालीमार्फत कार्यालयले सेवाग्राहीलाई एकीकृत रुपमा सेवा प्रदान गर्ने भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईले जानकारी दिनुभयो । अनलाइन सेवाले जग्गा, जमिनका कारोबारलाई अभिलेखीकरण गरी सेवाग्राहीलाई सहजता प्रदान गर्ने छ । “राम्रो काम गर्दागर्दै पनि विभिन्न लाञ्छना लाग्ने गरेकाले कर्मचारीलाई जिम्मेवारपूर्ण तरिकाले कार्य सम्पादन गर्न सजिलोका लागि अनलाइन सेवा सुरु गरिएको हो” महानिर्देशक भट्टराईले भन्नुभयो ।

समयअनुसार विकास भएका प्रविधिले जनशक्ति व्यवस्थापनमा सहयोग, समयको बचत, मानव जीवनमा सुगमता थप्ने हुँदा कर्मचारी पनि प्रविधिमैत्री हुनुपर्ने उहाँको भनाइ छ । प्रविधिको प्रयोगले प्रशासनिक कार्यलाई चुस्त, भरपर्दो र छरितो बनाउन मद्यत पुग्ने छ । कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले दक्ष जनशक्तिको अभावमा अनलाइन सेवा सञ्चालन चुनौतीपूर्ण रहेको बताउनुभयो । रासस

प्रकाशित : आइतबार, जेठ ०२, २०७३०७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्याल्कुलेटरमा रहेका उस्तै दुई बटन C र CE मा के फरक छ ?