जानी राख्नुहोस् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी काम लाग्न सक्छ

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ । स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी:

एलोभेरा घिउकुमारी
शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ । पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ । गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन् ।

तितो घिउकुमारी
घिउकुमारीकै एक जात  तर ठूला आकारका पात० को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ । एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ । यो क्याप्सुल नियमित सेवन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ । शरीरमा भएका विषादि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ ।

अदुवा

दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ । यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ । हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ । त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ ।
लसुन

क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ । एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ । प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

बेसार

बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो । त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ । चिसो लागेको छ रु सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस् । एक रातमै तपाईको चिसो भाग्छ । बेसारले प्राकृतिक पेन किलर ९दुखाई कम गर्ने औषधि०को काम गर्छ । छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ । बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ । बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ । नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ ।
प्याज

प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ । प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ । लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ । जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ । नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ । नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ । प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ । त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ । हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ । प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ । गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ ।
हींग
हींगले पाचनक्रिया मजबुत बनाउछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ । रोघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ । पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ । दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ । कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।
जाइफल
जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्दछ । जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ । त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ । जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने । उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सञ्चो हुन्छ । एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ । तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ ।
मुटु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा सेवन गर्दा फइदा हुन्छ । डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फइदा हुन्छ । भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ ।
तुलसी
तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन् । तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ । तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ । यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन । कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ । यस्तै, बान्ता रोक्न, कुष्ट तथा विषनाशक तथा मानसिक पीडा हटाउन तुलसी लाभदायी मानिन्छ ।तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन् । पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ । तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ । तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ । तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ । दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ ।
खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ । तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ । तुलसीको रसमा केही नुन मिसाएर बेहोस मानिसको नाकमा अलिकता राखिदिने हो भने होस चाँडै खुल्छ । चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दुखाई कम हुन्छ । तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रोकिन्छ, दमका रोगीलाई लाभदायी हुन्छ ।
ल्वाङ
ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ । यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ । यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ । ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ । यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ । जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ । यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ । जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ । कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन् । ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ । ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ । ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ ।
सुकुमेल

भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ । छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ । रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ । सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।- स्वास्थ्य खबरपत्रिका

प्रकाशित : बुधबार, बैशाख २९, २०७३०९:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरियो खुर्सानी स्वादको लागि मात्रै होइन स्वास्थ्यको लागी अति फाईदाजनक, १० भन्दा धरै रोगको औषधी