टमाटरको अचार बनाउने तरिका, आहा मुखै रसाउने !!!

मुखैमा ट्वाक्क पर्ने अचारको परिकार त तपाईहरुलाई मन पर्छ होला, अझ टमाटरको अमिलो अमिलो अचार त झन के कुरा गरौँ । आउनुहोस यस्तै एउटा टमाटरको अचार बनाउने तरिका सिकौँ ।

१. पहिले टमाटरलाई मजाले धुनुहोस । 
2

 

२. टमाटरलाई सानो सानो टुक्रा पारेर काट्नु होस ।3
३. त्यसपछी स्वादअनुसार नुन, बेसार तथा मसला हाल्नुहोस । 4

 

४. त्यसमा अलिकती खुर्सानीको धुलो मिसाउनुहोस, स्वादीलो हुन्छ ।5

 

५. लसुन, अदुवा तथा हरियो खुर्सानी का स साना टुक्रहरु पारेर मिसाउनुहोस ।6
६. त्यसैमाथि मेथि, जीरा, रायो र धनिया भुटेर पिसेको धुलो हाल्नुहोस ।7
७. मजाले टमाटर मोलेर काँचो तोरीको तेल मिसाउनुहोस् ।9

 

८. अब तपाईको अचार तयार भयो, फेरी राम्रो संग मोलेर एकैक्षण राख्नुहोस ।10
९. अब केही सिसाका बट्टारुमा अचार भरेर घाममा सुकाउनुहोस, लगभग १० देखि १५ दिनमा तपाइको अचार
 खानका लागि योग्य हुन्छ । 11

source-anumasharmabhattarai.blogspot.com

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७३०९:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

युरिक एसिड बढेर तनाबमा हुनुहुन्छ । यसो गर्नुहोस ।