के तपाईलाई थाहा छ ? प्याज गरिबको स्याउ हो । थाहा पाउनुहोस यस्तो -बैद्धबुटी

बिगुल स्वास्थ्य, संवाददाता, काठमाडौँ । प्याजलाई कतिपय मानिसहरुले गरिवको स्याउ पनि भन्ने गर्दछन् । तर आयुर्वेद शास्त्रमा भने यसलाई एकदमै गुणकारी मानिएको छ । प्याजले भान्सामा बनाइएका खाना लाई स्वाद मात्र होईन यसले त ठुलो औषधीको पनि काम गर्छ । थुप्रै प्रकारका बिरामीहरुका लागि त यो बैद्धबुटी नै हो । प्याज चाहे हरियो किन्नुस चाहे रातो या सेतो स्वास्थ्यको लागि बरदान भन्दा कम साबित हुदैन । यसले शरीर रोग संग लड्ने रोग प्रतिरोधात्मक शक्ति यति रफतार संग बढाउदछ की रोग भन्ने कुरा तपाई हरुको शरीरको नजिक पनि भड्कीन सक्दैन । यसले खानमा प्रति हुने अरुचि तथा खानावाट हुने अपच जस्ता कुराहरु कोसौ टाढा पूर्याउने काम गर्दछ ।
प्रतिरोधक क्षमता :प्याजले रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धी गर्नु साथै थुप्रै प्रकारको रोग पनि प्याजको कारणले गर्दा शरीरको नजिक पनि तड्पीन पाउदैन ।onion

क्यानसरका लागि राम बाँण :

प्याज क्यानसरको रोगको रोकथामका लागि निकै सहायक सिद्ध हुन्छ । यो एंटीअक्सिडेट ले भरिएको हुन्छ । यसमा भएको भिटामिन क्यान्सर रोग लाग्नबाट सहजै बचाउन सक्छ ।onions_clipped_rev_5
सेक्स पावर :प्याज कामोत्तेजना जागृत गर्नका लागि बिशेष शहायक नै हुन्छ । यसका लागि पात भएको प्याज अझ उपयोगी हुन्छ । प्याज खानाले सेक्स पावर बढ्नु का साथै यौन दुर्बलता कम गर्न सक्ने शक्ति भएको बिशेषज्ञाहरुको दाबी छ । यौन शक्ति संरक्षण र संवर्धन का लागि प्याज एकदमै सस्तो अनि सुलभ उपाय हो ।Red-Onions-health-benefits-almighty (1)
मधुकमेहका लागि बैद्धबुटी :प्याज मधुमेहका लागि निकै राम्रो औसधी हुन्छ । यसले शरीरमा इंसुलिन को मात्रा बढाउनुका साथै रगतमा सुगरको लेबल पनि कम गर्दछ ।Red-Onions-health-benefits-almighty
पाचन क्षमता :प्याजले शरीरको पाचन तन्त्रलाई निकै तन्दुरुस्त बनाउछ । प्याज खानाले खानालाई सजिलैसंग पचाउन मद्त गर्दछ । किनकी प्याज खानाले शरीरमा पाचन रसको परिचालन हुन्छ । यसैले हामीले खाएका खानेकुराहरु प्याजले पचाउन सहयोगी हुने हुनाले यो निकै उपयोगी छ ।
छाला का लागि उत्तम :प्याजमा एंटीअक्सिडेंट भरपुर मात्रामा हुनुका साथै भिटामिन ए, सी अनि ई को मात्रा अत्यधीक हुनाले छाला चम्किलो राख्नमा सहयोगि हुन्छ । लगातार रुपमा प्याजको सेवन गर्नाले तपाईको अनुहार चम्कीलो र गम्किलो भइरहन्छ सधै ।

last title
लामो आयु का लागि :प्याजको रस कुनै बुटी भन्दा कम छैन, यसको कारणले धेरै प्रकारको रोगसंग लड्ने क्षमता बढाउछ । मानिस निरोगि भएपछी धेरै समय सम्म बाँच्न सकिन्छ ।

                                                                                                    -कृष्ण पाण्डे, काठमाडौँ ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७३०७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थोरै खाना खाँदा पनि निरन्तर तौल बढिरहेको छ ? तपाईलाई थाइराइड भएको पनि हुन सक्छ