स्त्री को सेतोपानी बग्ने देखि पुरुको अण्डाकोष सुनिने सम्म एउटै घरआयसी औषधी

जीरा हामीले भान्सामा तरकारीमा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ । हामीलाई थाहा छैनकि जीरा कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर । हामीले यहाँ जीराको औषधीय गुण को विषयमा चर्चा गरेका छौ ।

पिसाब रोग र पत्थरी भएमा
जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान्बेलुका १्१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।

अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।

शूल उठेमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

ज्वरो आएमा

जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३्४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।

कुनैपनि साधारण दुखाईमा:
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

अण्डकोष बढेमा:
यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

स्त्री को सेतोपानी आउने रोगमा:
जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १्१ चम्चा बिहान्बेलुका खाने गरेमा ठीक हुन्छ ।

अजीर्ण खाएको नपच्ने भएमा:
छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहानरबेलुका खाना खानु अगाडि १्१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

मुखमा पोतो वा दाग आएमा:
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

रुघाखोकीको ज्वरोमा :

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ । -विकिपिडिया

प्रकाशित : आइतबार, बैशाख १९, २०७३११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण पिउनुहुँदैन महिलाले रक्सी