कस्ता लक्षणहरु देखिन्छन्, उच्च रक्तचापका ?

बिगुल स्वास्थ्य, काठमाडौँ । टाउको खुख्नु पनि उच्च रक्तचापको एक कारण नै हो भन्ने कतिपयको धारण रहीआएको पाईन्छ । तर यस्तो तथ्यलाई कुनै पनि अनुसन्धानले अहिलेसम्म पुष्टी गरेको छैन । तर रक्तचाप अधिक मात्रामा बढेमा टाउको दुख्न सक्ने संभावना भने प्रचुर मात्रामा रहन्छ । हल्काफुल्का बढ्ने रक्तचापमा यस्तो लक्षण देखाउदैन । उच्च रक्तचापको दुखाइ भने टाउको पछाडीको भाग दुख्ने तथा टाउको पूरैमात्रामा दुख्ने संभावना रहन्छ । बिशेषगरी टाउको पछाडीको भागलाई यसले दुखाईको निसाना बनाउने हुंदा सतर्क रहनु पर्ने हुन्छ ।
उच्च रक्तचापले केही बिरामीहरुलाई मस्तिष्कघात, ह्ृदयघात वा मृघौलाको समस्यावाट डक्टर सामु पगेपछी मात्र उच्च रक्तचापको समस्या थाह पाउन सकिन्छ ।
तर कुनै बिरामीलाई भने यस्ता लक्षणहरु देखा पर्न सक्छन् ।

-नाकबाट रगत बग्नु
-हिँड्दा स्वाँ स्वाँ हुनु
-टाउको दुख्नु वा भारी महसुस हुनु
-खुट्टा वा अनुहार सुन्निनु
-रिंगटा लाग्नु

रक्तचापको लक्षण नै नभएपनि टाउको दुख्ने संभावना रहन्छ तर रक्तचाप बढ्ने समस्या भएका बिरामी हरुले टाउको दुख्ने समस्या ठिक भएपछि पुःन रक्तचाप जाँच गराउनु ठिक हुन्छ । तर टाउको दुखेका बेला रक्तचाप बढ्ने संभावना रहन्छ ।

प्रकाशित : बुधबार, बैशाख १५, २०७३०८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाक बाट रगत आउने समस्या छ, यता हेर्नुहोस त समाधानका उपायहरु