कस्तो सपनाको प्रतिफल कस्तो हुन्छ ?

काठमाडौँ । दिनभरको थकानबाट बिश्राम पाउनका लागि मानिसहरुलाई मात्र नभई हरेक प्राणिलाई निद्रा जरुरी हुन्छ । निदाईसकेपछी बिभिन्न प्रकारका सपनाहरु देख्ने गरिन्छ । सपना सबैले देख्छन् तर फरक यती हो कि कसैले सपनाको प्रवाह गर्दछन् भने कसैलाई सपनाको प्रवा नै हुदैन, कतिपय मानिसहरु सपना बिहान उडदासम्म याद गरिरहन्छन् भने त कतिपयलाई आफुले देखेको सपना याद नै हुदैन । तर देखिने सपनाले एक प्रकारको भोलिको भविष्वाणी गरेको हुन्छ । मनोचिकित्सकका अनुसार यस्ता सपनाहरुले बिषेश अर्थ राख्ने गर्दछन् ।
यहाँ केही सपनाहरुको बारेमा चर्चा गरीएको छ ।

सपनामा ड्राइभिङ गर्दा नियन्त्रण गुमाउनु

कुनै योजना तथा लक्ष अपुरो हुने संभावना देखाउदछ जब तपाई सपनामा ड्राइभिङ गर्दा गर्दै नियन्त्रण गुमाउनु भयो भने, यसले अर्को पनि अर्थ राख्न सक्छ कि तपाई मरिमेटी लागेर गरेको काममा तपाईलाई घाटा सिद्ध हुन सक्ने संभावना रहन्छ ।

कोठामा एक्लो देख्नु

सपनाको समयमा कुनै कोठामा एक्लो देख्नु को अर्थ यस्तो हुन जान्छ कि तपाई बास्तवीक जिन्दगीमा कुनै नयाँ योजना बनाउदै हुनुहुन्छ । तपाई दिमाग नयाँ योजना खोज्नका लागि तेज रफ्तारमा दौडिरहेको हुन्छ तर आसातित फल नपाउदा दिमाग पुरै खालि रहने संभावना रहन्छ ।

आफुलाई नग्न अवस्थामा देखेमा

सपनामा आफुलाई नग्न अवस्थामा देखेमा विपनामा आफुलाई अरुका अगाडी नाजुग तथा कमजोर अवस्थामा भएजस्तो महशुस गर्नुपर्ने हुन्छ । यसले के अर्थ राख्छ भने तपाइको आफ्नो आन्तरीक स्वभावका कारण यस्तो भएको पनि हुनसक्छ । जसलाई समाधान गर्न तपाइको आफ्नो आन्तरीक प्रतिभालाई प्रस्फुटन गरी आफुलाई अरुको नजरवाट माथि उठाउनु जरुरी हुन्छ ।

कुनै काममा ढिलो पुग्नु

सपनामा कुनै बिषेश काम गर्न जानुपर्ने छ तर तपाई पुग्दा ढीलो भैसकेको छ यस्तो सपनाको त चाहे सपना होस या बिपना होस यसको एउटै अर्थ हुन जान्छ कि तपाई कुनै बिषेश अवसर गुमाउदै हुनुहुन्छ । अथवा तपाई आफ्नो महत्वपूर्ण समयलाई ब्यर्थमा कतै दुरुपयोग गर्दै हुनुुन्छ भन्ने अर्थ लाग्दछ । यसका लागि तपाईले आफ्नो समयको महत्व बुझ्नु जरुरी हुन्छ ।

ट्वाईलेट खोज्नु

मनोबिज्ञानका अनुसार तपाईले सपनामा ट्वाइलेटको खोजि गरिरहेको देख्नु को अर्थ जीवनमा तपाईलाई कसैले केही महत्वपूर्ण कुरा भन्न खोज्दै छ अथवा तपाई ले नै कसैलाई यस्तो कुरा बताउन खोज्दै हुनुहुन्छ जुन तपाई सकिरहनुभएको छैन् । त्यस्तो अवस्थामा तपाईको आफ्नो महत्पूर्ण काम छोडेर अरुलाई सहयोग गर्न तिर लाग्ने संभावना रहन्छ ।

यि त भए सपनाका देखेका केही दृश्यहरुको प्रतिफल, भाग्यमा होईन कर्ममा बिस्वास गरौँ । भाग्य छ भन्दैमा डोकोमा दुध त राख्न मिल्दैन नि होईन र……. एजेन्सी

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७३०८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको दाँतको बिचमा खाली भाग छ ? यता हेर्नुहोस्, यस्तो हुन्छ तपाईको भाग्य