तपाईको दाँतको बिचमा खाली भाग छ ? यता हेर्नुहोस्, यस्तो हुन्छ तपाईको भाग्य

काठमाडौँ : सामुद्रिक शास्त्रका अनुसार जुन मानिसहरुको दाँतको बिचमा खाली भाग हुन्छ उनीहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ । शास्त्रको मान्यता अनुसार शरीरको माथि देखि तल सम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ ।

जस्तै उनिहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ । आजको श्रृङखलामा दाँतको बिच भागमा खाली ठाँउ हुने मानिसहरुको भाग्य तथा स्वभाव कस्तो हुन्छ सो कुरा पढ्न सक्नु हुनेछ । मिलेका तथा चम्किला दाँत हुने मानिसहरुको भाग्यफल कस्तो हुने ।

सामुद्रिक शास्त्रका अनुसार जुन व्यक्तिका दाँत समान रुपका तथा चम्किला छन्, त्यस्ता व्यक्तिहरु सुखसँग जिवन व्यतीत गर्ने खालका हुन्छन् ।

ज्योतिष शास्त्रका अनुसार पनि मिलेका र चम्किला दाँत हुनेहरुको जीवनशैली सुखमय तरिकाले व्यतीत हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । यस्ता व्यक्तिहरुलाई कुनै पनि प्रकारको समस्या पर्दैन र यस्ता मानिसहरु पैसा खर्च गर्ने विषयमा एकदमै सावधानी अपनाउछन् र तीक्ष्ण दिमाग भएका हुन्छन् ।

दाँतको बीचमा खाली हुनेहरु भाग्यमानी हुन्छन् । ज्योतिष शास्त्रका अनुसार जुन मानिसहरुको दाँतको बिचमा खाली भाग हुन्छ त्यस्ता मानिसहरु बुद्धिवान तथा उर्जावान हुन्छन्, यस्ता मानिसहरु आफ्नो बुद्धि विवेकले परिश्रम गरी जीवनमा धेरै प्रगति गर्ने हुन्छन् । तर उनीहरुलाई जीवनमा धेरै कठिनाईहरु आइपर्ने हुन्छ तर पनि त्यस्ता क्षणहरु पार गर्दै अघि बढ्न सक्छन् ।

यस्ता मानिसहरु खुला बिचार भएका हुन्छन्। आफ्नो मनको कुरा अरुलाई भन्न लाज मान्दैनन्, सुन्दरताको बिषयमा अति सजग हुनुका साथै खानापिनमा अत्यन्तै सौखिन हुन्छन् । यस्ता व्यक्तिहरुलाई सजिलैसँग झुक्याउन सकिदैन तथा पैसाको बिषयमा अरु भन्दा चतुर हुन्छन् ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७३०५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको पर्समा पैसा टिक्दै-टिक्दैन ? अपनाउनुहोस् यस्तो उपाय !