दाँतको सामान्य समस्या पनि बेवास्ता गर्दा घातक हुनसक्छ’ – जानी राखाैँ

तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सक बताउछन्। शारीरिकरुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ ।

सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हेलचेक्र्य्राइँ नगनुहोस् । त्यसको दीर्घकालीन असर नराम्रो हुन्छ । सुरुमै अलिअलि दुखेको दाँतलाई तुरुन्तै राम्रो दन्त चिकित्सक कहाँ गएर जँचाइ हाल्नुपर्दछ । वीर अस्पतालका दन्त चिकित्सक डा मुकुन्दराज रेग्मीका अनुसार नेपालमा दाँत किराले खाने समस्या भएका रोगी धेरै भेटिने गरेका छन् । नेपालीको सामान्य दुखाइ हुदा जाँच नगराउने बानीका कारण कतिपयलाई किराले हाडसम्म असर गर्नसक्ने र त्यसले क्यान्सरजस्ता रोगसम्म निम्त्याउन सक्ने उनी बताउछन । उनि भन्छन् – “सुरुमै उपचार गर्न सकेमा यस्ता रोगबाट बच्न सकिन्छ । दाँतमा सङ्क्रमण सामान्य उपचारबाट निको पार्न नसकिने अवस्था आएमा जराभित्र रहेका नसाको उपचार गर्नुपर्ने हुन्छ जसलाई इन्डोडन्टिक थेरापी(आरसिटी) भनिन्छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस:

प्रकाशित : आइतबार, बैशाख ०५, २०७३०९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुख वा स्वास गन्हाउने समस्याबाट मुक्त हुने घरेलु उपाय