ग्रह, गोचरबाट कस्तो छ तपाईको २०७३ साल ? हेर्नुहोस् बर्षभरीको राशिफल

मेषः– वर्षारम्भ गुरुदेवको थोरै अनुकुलताले पढाई लेखाई एवं अनुसन्धानका क्षेत्रमा राम्रो हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना पनि देखिन्छ । अढैया शनिले काम काजमा विलम्ब गराउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । विशेष गरेर नसा एवं उच्च रक्त चापले सताउनेछ । सन्तानबाट सुख कम मिल्न छ । श्रावणबाट गुरु प्रतिकुल हुदा पढाई लेखाईमा अवरोध आउनेछ भने बैदेशिक क्षेत्रबाट लाभान्वित हुनु हुनेछ । स्वव्यवसायमा समस्या आउने छन् । नोकरीबाट सन्तुष्टि मिल्ने छैन ।। व्यवसायमा बढि लगानी र उधारो कारोवार गर्दा सोच विचार गर्नु होला नत्र डुब्न सक्छ । परिवारजनबाट अपेक्षित सहयोग मिल्ने छैन ।
वृषः– सामान्य वर्ष रहेको छ । मान्यजनको आशिर्वाद तथा इष्टमित्रको सहयोगले आर्थिक क्षेत्रमा सुधार आउनेछ । साझेदार व्यवसाय भन्दा एकलौटी व्यवसायबाट बढि लाभ लिन सकिनेछ । व्यवसाय परिवर्तनको चहाना बढ्नेछ । आत्मबल,आत्मविश्वास बढ्नेछ जसका कारण नविन कार्य योजना अगाडि बढ्नेछन् । आहार विहार मिलाउन नसके स्वास्थ्यमा लगानी बढ्न सक्छ । घरमा धार्मिक कार्य हुनेछन् । दामपत्य जीवनमा भने केहि अप्ठ्यारा आउन सक्छन् । वैदेशिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । कृषि कर्म र शैक्षिक क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ ।
मिथुनः– ग्रह गोचरबाट यो बर्ष अनुकल देखिन्छ । धेरै राम्रा काम हुने छन् । इष्टमित्र घर परिवारबाट सहयोग, सहानुभूति मिल्नेछ । सुख,शान्ति मा वृद्धि हुनेछ । अध्ययन अध्यापन मार्गमा सफलता मिल्नेछ । न्याय मार्ग र वैतनिक मार्ग पनि सफल नै देखिन्छ । सामाजिक काममा अभिरुची बढ्नेछ । आर्थिक क्षेत्र मजवुत हुनेछ । स्वव्यवसायबाट प्रचुर मात्रामा धन कमाउन सकिनेछ । नयाँ नयाँ कार्य योजनाहरु अगाडि बढ्नेछन् । धार्मिक यात्राको सम्भावना देखिन्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ । राजनीतिमा सफलता मिल्नेछ । जागिरको अवसर प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न ।
कर्कटः– यो बर्ष ग्रह गोचर मध्यम देखिन्छ । हरेक क्षेत्रमा सोच विचार काम गर्नु पर्ने देखिन्छ । सन्तानपक्ष दूर्वल रहेकोछ । पढाई लेखाइमा उतार चढाव आउनेछ । घर परिवारमा सुख,शान्ति अल्प मिल्नेछ । स्वव्यवसायमा स्तरोन्नति कम हुनेछ । मिलेर गरेका कामले फाइदा दिने छैन । आफन्तका कारण धनमाल नोक्सान हुनसक्छ । पैत्रिक सम्पति नोक्सन हुनसक्छ । नयाँ काम गर्दा हतारमा नगर्दा फाइदा हुनेछ । अनुसन्धान ,अन्वेषणका काममा आंशिक सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । द्वितीय राहु र अष्टम केतुले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । धार्मिक कार्य अगाडि बढ्ने छन् ।
सिंहः– अध्ययन अध्यापन र सामाजिक क्षेत्र सामान्यतया राम्रो देखिए पनि अढैया शनि र राहु केतुको प्रभावले भौतिक सम्पतिको नास एवं स्वास्थ्यमा समस्या आउनेछ । जन्मको शनि खराव भएमा धेरै राम्रा कामको आशा गर्नु गलत हुनेछ । घर परिवारमा समस्या आउने तथा धन सम्पतिको नास हुने देखिन्छ । आफन्तबाट सहयोग भन्दा असहयोग बढि हुनेछ । काम गर्दा कठिनाई भोग्नु पर्ने छ । जोखिमपूर्ण काममा हात नहाल्नु यो बर्ष बढि उचित हुनेछ । नयाँ काममा लगानी बढाउनु पनि राम्रो देखिन्न । नोकरी,राजनीतिमा पनि त्यति उचित वर्ष देखिन्न । मुद्धा मामिलाको सम्भावना पनि देखिन्छ ।
कन्याः– सामान्यतया यो वर्ष अनुकुल वर्ष रहने देखिन्छ । विशेष गरेर शनि र गुरु अनुकुलताको कारण गरेका कामबाट उचित फल मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । घर परिवार तथा आत्मियजनबाट सहयोग मिल्नेछ । पेशा व्यवसायमा नयाँ नयाँ अवसर आउनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । सहज र सरल तरिकाले काम बन्नेछन । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । राज्यबाट सम्मान पुरस्कार मिल्न सक्ने कुरालाई पनि नकार्न सकिन्न । पशु पालन,कृषि जस्ता व्यवसायबाट पनि लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगतिको वर्ष रहनेछ ।
तुलाः– जन्म समयमा शनि र राहु ग्रह प्रतिकुल भएमा खासै यो वर्ष तपाईको लागि अनुकुल देखन्नि । फाल्गुन महिनासम्म शनि ग्रहको प्रभाव बढि रहन्छ । विभिन्न समस्या सँग जुद्धनु पर्ने छ । राम्रो गर्न खोज्दा नराम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सोच विचार गर्नु होला नत्र विग्रिने सम्भावना बढि रहन्छ । इष्ट,मित्र तथा आफन्तजनको सहयोगमा कमी आउनेछ । नयाँ लगानीका क्षेत्रमा हात नहाल्नु होला डुब्नने सम्भावना बढि देखिन्छ । शरीरिमा बायुविकार जस्ता रोगले सताउनेछ । शैक्षिक एवं वौद्धिक क्षेत्र पनि त्यति सन्तोषजनक देखिन्न । सन्तानको लागि धन खर्च बढि गर्नु पर्ला । झुट्टा कुराले सताउनेछ ।
वृश्चिकः– यो बर्ष भरि नै मध्य तथा अन्य साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि समय त्यति अनुकुल नहुन सक्छ । हेलचक्र्याई गरेर काम गरेमा ठुलो नोक्सान हुनेछ । घर परिवारमा समस्या देखिने छन् । झुट्टा कुराले सधै पिरोल्नेछ । आत्मिय जनबाट पनि सहयोग मिल्ने छैन उल्टो टाढा हुने अवस्था आउन सक्छ । गुरुदेव अनुकुल हुदा भने अध्ययन अध्यापन क्षेत्रमा प्रगति तथा व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ तर वचत गर्न भने गाहो हुनेछ । झुट्टा कुराले बढि पिरोल्नेछ । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक हुनेछ ।
धनुः– आद्य तथा मध्य साढेसाती शनि ग्रहको प्रभावले गर्दा यो वर्ष कामबाट धेरै उपलब्धि हासिल नहुने देखिन्छ । हरेक काम गर्दा संवेदनशिल भएर लाग्नु पर्ने हुन्छ । मानसिक एवं आर्थिक क्षेत्रमा विषमता आउनेछ । गरेका कामबाट उचित प्रतिफल लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक क्षेत्रका कामबाट लाभान्वित हुनुहुनेछ । काम गर्दा विचार पु¥याउन नसके धन सम्पतिको नास हुनसक्छ । आफन्तबाट टाढा हुने अवस्था आउन सक्छ । घर परिवारमा धार्मिक कार्य हुनेछन् । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुने योग पनि देखिन्छ । नोकरीमा नयाँ अवसर आउन सक्छ ।
मकरः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । अष्टम गुरु श्रावणबाट नवम हुने हुदा पढाई लेखाई र धार्मिक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग स्वल्प होला । एकादश शनिको प्रभावले गर्दा सहज रुपमा काम बन्ने छैनन तर प्रयत्न गरेमा आफ्नो लक्ष्यमा पुग्न सकिनेछ । गरिरहेका व्यवसायबाट लाभ लिन सकिनेछ भने नयाँ काम शुरु गर्नु त्यति उचित हुने छैन । अष्टम केतुले शरीरमा वायु विकारको प्रकोप बढाउनेछ । भने द्वितीय राहुले पूख्र्यली सम्पतिमा मुद्धा मामिला पर्न सक्छ । परिवारमा सामान्य मनमुटाव पनि बढाउनेछ ।
कुम्भः– यो वर्ष सामान्य अनुकुल देखिन्छ । उपलब्धिका काम हुनेछन् तर अर्थ अभावले सताउन छोड्ने छैन । पाप ग्रहको वाहुल्यताका कारण काम गरेर जश कम मिल्नेछ तर योजना बनाएर गरेका काम सफल हुनेछन् । नोकरी तथा राजनीतिमा प्रतिश्पर्धा बढि गर्नु पर्नेछ । मिलेर गरेका काम त्यति उपलब्धिमूलक रहने छैनन । स्वतन्त्र व्यापार व्यवसायबाट राम्रै लाभ लिन सकिनेछ । धार्मिक कुरामा अरुची बढ्ने छ । बर्षको उत्तराद्र्धमा केहि उपलब्धि हासिल हुनेछन । जग्गा जमिनको काममा सामान्य सफलता मिल्नेछ ।
मिनः– यो साल हरेक क्षेत्रमा सधार आउनेछ । बाह्रौ र केतुको कारण आर्थिक विषमता बढ्ने देखिन्छ तर छैठौ राहुले बल प्रधान गर्नेछ । शत्रु कमजोर बन्ने छन् । व्यापार व्यवसायमा ऋण लगानी उधारो कारोवार गर्दा धन डुब्न सक्छ । अध्ययन अध्यापन मार्ग सामान्य सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । सामाजिक काम काजमा अभिरुची बढ्नेछ । कृषि पशु चौपायबाट आम्दानी सामान्य हुने नै छ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्ने नै छ । नयाँ नयाँ कामको अवसर आउनेछ । व्यवसाय परिवर्तनको सम्भावना पनि त्यत्तिकै देखिन्छ । साझेदारी कामबाट फाइदा हुनेछ ।

– ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना

प्रकाशित : बुधबार, बैशाख ०१, २०७३०३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो सपनाको प्रतिफल कस्तो हुन्छ ?