पेटमा बोसो बढेर तनाबमा हुनुहुन्छ ?

काठमाडौँ । ओहो कस्तो ठुलो पेट सास फेर्न पनि गाह्रो, हिडडुल गर्न नी गाह्रो, ओहो देख्ने मान्छे हरु के भन्लान कस्तो ठुलो पेट कत्ति धेरै खान्छ होला है ? अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । यहि उपहारलाइ बेवास्ता गर्ने हो भने निकट भविष्यमा तपाइको ब्यत्तित्व मात्रै खराव नगरि प्राण्घातक रोगको शिकार पनि बनाउन सक्छ । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनु नै बुद्धीमानि सिद्ध होला ।

weight-loss-tips
दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।
सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँ बाट बनेका खानेकुरा हरु प्रयोग गर्न सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् ।
गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा भुलेर पनि नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसो जम्मा हुन मद्दत गर्दछ । चिल्लो पदार्थ हाम्रो शरीरलाई चाहिन्छ तर त्यो स्वस्थकर हुनुपर्दछ । हेल्दी फ्याट भन्नाले अभोकादो, जैतुनको तेल, अण्डा, काजु, बदाम, बियाँ आदि पर्दछन ।

xnocanvas_neden-bazi-insanlar-hep-usur.jpg.pagespeed.ic.1LFsJuIWC7
मानसिक विकार, चिन्ता, नैराश्यताको भाव नलिनुहोस । प्रशस्त मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त मात्रामा पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।

153520_ee74_3
काँचो मूला चपाउने बानी पार्नुहोस । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् । मांसहारी खानाले तपाइको पेटमा बोसो जम्मा पार्दछ र तपाईको पेट घटाउने योजना चकनाचुर हुन सक्छ ।
ताजा र हरिया सागसब्जी तथा तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका दुइचार दाना फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गर्न मा मद्धत पुर्याउछ ।
खानामा बढि मसलाको प्रयोग गर्नुहोस् । अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।

प्रकाशित : बुधबार, चैत १०, २०७२०९:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यान्सरदेखि हेपटाइटिससम्म सफल जडीबुटी उपचार