सर्पले टोके के गर्ने के नगर्ने ? यसो गरे मानिसको ज्यान बच्न सक्छ

काठमाडौँ । सर्प लगायतका अन्य कुनै जनावरहरुले कदमकदाचित डसेको खण्डमा जो कोही पनि तर्सिनु स्वभाविक हो । तर अत्तालीएर मात्रै समस्या सिमाधान हुँदैन । सही समय सही उपचार भए विषालु सर्पले टोकेपनि मानिसको ज्यान बँच्न सक्छ ।

के गर्ने ?

बिरामीले आत्तीनुको सट्टा शान्त रहनुपर्छ । यदि बिरामी आत्तिएको खण्डमा उसको धड्कनको गती बढी हुन पुग्छ । जसका कारण शरीरमा छिटो रक्त संचार हुन्छ र विष छिटो शरीरभर फैलीन पुग्छ ।

घाउलाई सफा पानीले सफा गर्नुहोस् । घाउमा पानीको धारा नपारी सफा गरेर कटनले पुछ्नुपर्छ ।

तुरुन्त एम्बुलेंस बोलाउनुहोस् ।

एम्बुलेन्स नआउन्जेली घाउ लागेको स्थान भन्दा तलको भागमा कपडाले कसीने गरी बाँधेर छिटो अस्पताल जाने तयारी गर्नुहोस् ।

के नर्गर्ने ?

गर्मी भयो भनेर घाउमा बरफ लगाउनुहुँदैन ।

डाक्टर र बिशेषज्ञको सल्लह बिना औषधी प्रयोग गर्दा अर्को समस्या आउन सक्छ ।

घाउ लागेको हातलाई टाउको भन्दा माथी उठाउनुहुँदैन यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन ।

रक्सीले विषको मात्रालाई शरीरमा छिटो फैलाउन मद्धत गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित : आइतबार, चैत ०७, २०७२०७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थामा नै थाहा पाउन सकिन्छ ‘डाउन सिन्ड्रोम’