कुन सपना देख्दा कस्तो फल मिल्छ ? कस्तो सपना अरुलाई सुनाउनु हुदैन ? जानी राखौ

सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ। सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ। कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु – दुःख पाउने
४. मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु
६. बाख्रा देख्नु – शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु – विरामी हुने डर
९. पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
१०. तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु – समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
१७. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु – धन नास हुनु
२४. धुँवा देख्नु – व्यापारमा हानि
२५. भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु – आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु

सपनामा अन्य कुरा देख्दा के हुन्छ त ? जान्नको लागि तलको Next बटन थिच्नुहोस्:

प्रकाशित : आइतबार, चैत ०७, २०७२०५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ राशि बिचार गरेर प्रस्ताव गर्नुहोला !