प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ राशि बिचार गरेर प्रस्ताव गर्नुहोला !

राशि को अर्थ अँग्रेजी मा जोडिक साइन पनि भनिन्छ । तपाई ले कसैलाई प्रेमप्रस्ताव गर्नुहुन्छ अनि जवाफमा केही पनि आउदैन अथवा प्रेम स्वीकार गर्न सकिदैन भन्ने जवाफ आउछ भने अवश्य पनि तपाई चिन्तीत हुनुभएको छ होला । यदि यसो हो भने आउनुहोस यो लेख वाट तपाईका लागि ढुङ्गा खोज्दा द्यौता भेटिएजस्तो लाग्न सक्छ । जसलाई प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ उसको रासिफल पत्ता लगाउनुहोस अनि उसको चाहनाअनुसार प्रेम प्रश्ताव गर्न सक्नुहुनेछ । यो लेख पढिसकेपछी तपाई को जिन्दगीमा प्रेम बरदान पाउन सक्नुहुनेछ ।

१. प्रेम प्रस्ताव

आजकल तपाईहरु सायद सुन्दै आउनु पनि भएको नै छ होला, माया त लाग्छ तर माया गर्न का लागि पहिले प्रेम प्रस्ताव त स्वीकार गर्नु पर्यो नि । यदि तपाई हरु पनि यस्तै समुह भित्र पर्नुभएको छ । अनि तपाईको प्रेमप्रस्ताव पनि अस्वीकार भैसकेको छ भने आफ्नो राशि एक पटक बिचार गर्नुस है त । जसरी कुण्डली मिलाएर बिवाह गर्ने गरीन्छ त्यसैगरि प्रेम प्रस्ताव पनि राशि मिलाएर नै गर्दा ठिक होला । राशि मिलाएर प्रेम प्रस्ताव गर्नुभएमा अस्वीकार गर्ने संभावना कम रहन्छ र यसरि गरिएको प्रेम जिवनभर अति उत्तम जोडिका रुपमा सिद्ध हुनेछ ।

२.  मेष र बृष राशि

मेष राशि का मानिसहरुमा अरु भन्दा आफु सधै उच्च बलावान र बुद्धीमानि ठान्ने बानी हुन्छ । अरु को तुलनामा यी राशि भएका ब्यक्ति हरुलाई हरेक चिज अति उत्तम र धेरै चाहिने हुन्छ । जवकि बृष महत्वाकाँक्षी र शक्ति को प्रतिक हुन जान्छ । यस रासि भएका मानिस हरुलाई माया देखाएर प्रेम प्रस्ताव गर्नुभयो भने शायदै तपाई लाई जवाफ पाउन गाह्रो पर्न सक्छ । तर कुनै महँगा खाले बस्तु उपहारमा दिएर प्रेम प्रस्ताव गर्नुभएमा तपाईको प्रेम प्रस्ताव अवश्य पनि स्वीकार हुनेछ ।

३.  मिथुन राशि

यो राशि भएका ब्यक्तिहरुको स्वभाव केही मुडी किसिमको हुन्छ । तर भित्रि मन भने एकदमै हान्त प्रकृतीको हुन्छ । यस्तो राशि भएका ब्यक्ति हरुलाई अल्छी स्वभावका मानिसहरु मन पर्दैन । सधै एक्साइटेड र ईनर्जेटिक स्वभावका मानिसहरु मन पराउने खाले हुन्छन् । यो राशि भएका ब्यक्तिहरुलाई कुनै रमाईलो धुम्ने ठाँउ वा कुनै रमाईलो खाले फिल्म हेरीरहेका बेला प्रस्ताव गर्दा उचित हुन्छ । अथवा त्यो फिल्म उसलाई मन परेको छ भने त झनै गजव हुन्छ प्रेम प्रस्ताव का लागि । तर जव यस राशि का मानिस हरु रिस ले चुर भएका बेला प्रेम प्रस्ताव गर्नुभयो भने त्यो तपाई का लागि गंभिर दुर्घटना सावित हुन्छ त्यसैले भुलेर पनि यस राशिका ब्यक्ति लाई रिसाएका बेला आफ्नो मनको कुरा नवताउनुहोला ।

४.  कर्कट राशि

यो राशि भएका ब्यक्तिहरुको आफ्नो घर परिवार संग अत्यन्तै प्रगाड सम्बन्धमा हुन्छन् । यो राशि भएका ब्यक्ति हरु आफ्नो घर परिवार संग संगै बस्न र आफ्नो परिवारको वारेमा कुरा गरिरहन मन पराउने स्वभावका हुन्छन् । यस्तो राशि भएका ब्यत्ति लाई कुनै बिषेस दिन पारेर प्रस्ताव गर्नु उचित हुनेछ । जाहाँ कुनै पुराना अनि रमाइला यादहरुको समागम रहेको होस् ।

५.  सिंह राशि

सिंह राशि भएका ब्यत्तिहरुको स्वभाव अलि रिसाउने खाले हुन्छ । र यस राशि भएका ब्यक्तिहरु हरेक चिजका पुर्णताको आशा राख्ने खाले हुन्छन् । यस्तो राशि भएका ब्यक्ति लाई प्रेम प्रस्ताव राख्नका लागि पुरै योजना बनाउनु पर्ने हुन्छ । सिंश राशि भएका ब्यक्ति लाई प्रेम प्रस्ताव राख्नका लागि क्याण्डील लाइट डिनर अथवा कुनै बिषेस होटल तथा रेष्टुरेण्टमा उसलाई मनपर्ने खाजा नास्ता खाइरहेका बेला पनि गर्न सक्नुहुनेछ ।

६. कन्या राशि

यस राशि का ब्यक्तित्व अत्यन्तै शालिन स्वभावका भएकाले प्रेम प्रस्ताव राख्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । ब्यक्ति को स्वभाव अनुसार सजिलै मन जित्न पनि सकिन्छ । तर नजानेरै पनि चित्त दुखाउनु भो भने सायदै फेरी फकाउन गह्रो पर्ने संभावना हुन्छ ।

७.  तुला राशि

यस राशि भएका ब्यक्ति लाई कहिले पनि नजिस्क्याउनु होला । प्रेम लिला मच्चाउने कोषिस नगर्नुहोला जस्तै अरु कसैसंग प्रेम सम्बन्धमा छ भने ललाइफाकाई गरेर फकाउने कोषिस बेकार हुन सक्छ । यस्ता राशि भएका ब्यक्ति लाई सधै यस्तो साथि को खोजि हुन्छ जसले उनलाई कहिले एक्लो नछोडोस् । यसैले उनको दुखमा यदि तपाई साथ दिनु भयो भने यो तपाई का लागि एकदमै राम्रो प्लपोइन्ट हुन सक्छ । यस राशि भएका लाई प्रेम प्रस्ताव गर्न का लागि पहिले आफ्नो मायाको महसुष गराउनुहोस ता कि तपाई सधै, सबैभन्दा धेरै माया गर्नुहुन्छ र उसको साथ कहिले पनि छोड्नुहुन्न ।

८. वृश्चिक राशि

यदि तपाई बुद्धिमान हुनुहुन्छ र तपाई को सोच बिचार गर्ने शक्ति प्रवल छ भने यो राशि का ब्यक्ति ले कहिले पनि आफ्नो प्रेम प्रस्ताव अस्विकार गर्दैनन् । यो राशि भएका मानिसहरुलाई प्रस्तावकको ब्यक्तित्व र बौद्धिकता माथि बिषेस ख्याल रहन्छ । यदि तपाई संग यि गुणहरु छन् भने यो राशि भएका लाई प्रेम प्रस्ताव गर्नुहोस अस्विकार हुदैन ।

९. धनु राशि

यस राशि भएका ब्यक्तिहरु दार्शनिक एबं आध्यात्मिक हुन्छन् । यो राशि भएका ब्यक्ति लाई प्रस्ताव गर्नका लागि कुनै मन्दीर, नदी किनार अथावा कुनै प्राकृतीक सुन्दरताले भरिपुर्ण भएको स्थानमा जानुपर्ने हुन्छ । या कुनै राम्रो लेख रचना भएको पुस्तक वा नोवेल दिएर आफ्नो मनको कुरा बताउनुहोस ।

१०. मकर राशि

यस राशि भएका ब्यक्ति शारीरिक तथा मानसिक दुबै तरिकाले एकदमै शक्तिसाली हुन्छन् । यस्ता राशि का ब्यक्तिलाई फकाउने कोषिस बेकार हुन जान्छ । यस्तो राशि का मानिसहरुले आफुलाई मन नपराउने हरुलाई पनि मन पराउदछन् । यस अर्थमा यदि यस राशि भएका साथि छन् भने र तपाई लाई लाग्छ कि उनले पनि तपाई लाई मन पराउदछन् भन्ने लाग्छ भने मात्र तपाई प्रेम प्रस्ताव गर्नुहोला । यदि उनको तर्फवाट त्यस्तो कुनै मायाको आभाष पाउनुहुन्न भने प्रेम प्रस्ताव गरेर अनफ्नो मित्रता नगुमाउनुहोला ।

११.  कुंभ राशि

यो राशि भएका ब्यक्तिहरु धेरै नै खुला सोच भएका अनि स्पष्टवादी हुन्छन् । यो राशि भएका ब्यक्ति लाई सामाजिक बिषयमा बहस गर्न एकदमै मन परांउदछन् । कुंभ राशि भएका ब्यक्ति हरु फ्ल्र्ट गर्ने स्वभाव हुन्छ तर जसलाई माया गर्दछन् उसंग भने कहिले पनि फ्ल्र्ट गर्दैनन् । तपाई को प्रस्ताव स्वीकार हुनका लागी
उनले पनि तपाई लाई मन पराउनु जरुरी हुन्छ । नत्र कहिले पनि तपाईको प्रस्ताव स्वीकार योग्य हुने छैन ।

१२.  मीन राशि

यो राशि का मानिसहरु भावनात्मक रुपले केही कमजोर हुन्छन् । दयालु अनि भावुक हुने भएकाले यो राशि का मानिसहरुलाई हल्का मायाको महसुस गराएर अनि उनको सानो ठुलो सुख दुःख मा समय दिएर मन जित्न सक्नु हुनेछ ।

हाम्रो यो लेख तपाईलाई मन परेमा लाईक, कमेन्ट, तथा सेयर गर्न नभुल्नुहोला तपाई को एक सेयरले यो संदेश सबैसामु पुग्न सहयोग पुग्ने छ । तपाईहरुका अन्य कुनै  प्रेम संबन्धी समस्याहरु छन् भने पनि हामीलाई भन्नुहोस हामी संबन्धीत पक्षबाट त्यसको समाधान खोज्ने प्रयत्न गर्ने छौँ ।

 

प्रकाशित : बिहिबार, चैत ११, २०७२११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रुद्राक्ष भगवान रुद्रको आँखा