आज मिती २०७४ साल वैशाख २२ गते : आजको राशिफल हेर्नुहोस्

आज बि.स.२०७४ बैसाख २२ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे ०५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि दशमि ४३ घडी ३२ पला । बेलुका १० बजेर ४९ मिनेट उप्रान्त एकादशी । नक्षत्र मघा ०८ घडि ११ पला, बिहान ०८ बजेर ४० मिनेट उप्रान्त पूर्वफाल्गुनि । योग धुव्र ३३ घडि ३८ पला, बेलुका ६ बजेर ५१ मिनेट उप्रान्त व्याघात । करण तैतिल, बिहान ११ बजेर ०८ मिनेट उप्रान्त गर,बेलुका १० बजेर ४९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा काण योग । चन्द्रराशि सिंह ।
काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३९ मिनेट जादा । दिनमान ३३ घडी ०९ पला । 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपाहार प्राप्त हुँने तथा आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेम गर्ने जोडिहरुका लागि आजको दिन आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । सम्मानित काम गर्दै सबैको मन जित्ने अवसर प्रात्त हुँनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने बौद्धिक यात्रामा तपाईको जित सुनिस्चित छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउँन मुस्किल रहेकोछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउँन सक्छन् । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुँनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । माईति चेलि बिचको सम्बन्धमाको दुर केहि बडेजस्तो हुँनेछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग  भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा ची) नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ ।
प्रकाशित : बुधबार, चैत ०३, २०७२०१:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन सपना देख्दा कस्तो फल मिल्छ ? कस्तो सपना अरुलाई सुनाउनु हुदैन ? जानी राखौ