पालक पनिर स्वास्थ्य को लागि फाईदाजनक

पालक पनिर स्वास्थ्य का फाइदाजनक
बनाउने तरीका
दिइएको परिमाण दुइ जना को लागि
सामाग्री : २०० ग्राम पालक
: १०० ग्राम काटेको पनिर
: एउटा काटेको प्याज
: २ पिस रातो खुर्सानी
: स्वादअनुसार नुन अनि खुर्सानीको धुलो
: आधा चम्मच जीरा
: १ पिस गोलभेडा ‐टमाटर) काटेको
: १ चम्चा ताजा नौनी ध्यू
: १ चम्चा चिनी
: १/२ चम्चा बेसार
: एउटा टुक्रा दालचिनी
: १ चम्चा तोरीको तेल

बिधि :
१. पालक धोएर पानीमा उमाल्नुहोस् । त्यसपछी पानी निकालेर पालकलाइ पिस्नुहोस । एउटा कराइमा तेल तताउनुहोस । रातो खुर्सानी फुराउनुहोस् ।
त्यसपछी जिरा र दालचिनी पनि फुराउनुहोस, त्यसपछी प्याज राखेर रातो हुन्जेल सम्म चलाउनुहोस ।
त्यसपछी टमाटर, बेसार, खुर्सानीको धुलो, अनि नुन राखेर पकाउनुहोस ।
२. पिसेको पालक हालेर एकैक्षण भुट्नुहोस । अवश्यकता अनुसार एक कप पानी पनि राख्न सकिने छ । अब चिनी हालेर एकैक्षण चलाउनुहोस । पनिर का टुक्राहरु पनि हालेर चलाउनुहोस । २ मिनेट जति आगो सानो पारेर चलाइ सकेपछी आगो बन्द गर्नुहोस । अनि नौनि ध्यू ले तपाइको परिकार सजाउनुहोस । त्यस्तै नौनि ध्यूको सट्टा दुधको बाक्लो तर पनि मिसाएर खान सकिन्छ । यो परिकार स्वास्थ्यका दृश्टीकोण ले अत्यन्तै फाइदाजनक मानिन्छ ।

प्रकाशित : मङ्गलबार, चैत ०२, २०७२०९:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण दाहिने तर्फ फर्केर सुत्ने बानी निकै खतरनाक (जानि राखोै)