दुब्लोलाई ‘ह्यान्डसम’ देखिने घरेलु उपाय

कसैलाई मोटो भएर चिन्ता छ त कसैलाई धेरै दुब्लो भएर चिन्ता छ। तर पनि राम्रो बनु ह्यान्डसम बनु भन्ने सबैको चाहना Thin Body छ । दुब्लो भएर ‘ह्यान्डसम’ नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु पनि छन् । मोटाउनकै लागि सप्लिमेन्ट्सको प्रयोग गर्ने पनि छन् । तर, त्यसको सट्टा केही घरेलु उपाय अपनाउने हो भने ज्यान सुन्दर बन्न सक्छ ।

केराः ज्यानमा मासु लगाउने सबैभन्दा प्रभावकारी तरिका हो यो । प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो हुन्छ । एक महिना नबिराइ खाने हो भने शरीरमा परिणाम देखिहाल्छ ।

तातो दुधमा महः सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।

कार्बाेहाइड्रेडयुक्त खानाः भोजनमा अधिक कार्बाेहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।

पनिरः फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ ।

खरबुजाः धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

बदामसँग दुधः बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् ।

एजेन्सिको सहयोगमा

प्रकाशित : बिहिबार, माघ १४, २०७२०७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हस्तमैथुनले यस्ता फाइदा गर्छ जानी राखौ!