यसकारण दुख्छ टाउको जनिराखौ

यसकारण दुख्छ टाउको जनिराखौ
काठमाडौं १२ माघ
सामान्यतया टाउको दुख्नु हामी सबैको समस्या हो । तर यही सामान्य समस्या बारम्बार हुँदा निकै नै समस्या पनि हुने गरेको हुन्छ । कहिलेकाँही कमजोरी र तनावका कारण टाउको दुख्नु स्वाभाविक हो । तर,पटक पटक टाउको दुखिरहेमा हामिले तुरुन्त चिकीत्सकको परामर्श लिनुपर्दछ । हामिकहाँ कस्तो चलन छ भने, टाउको दुख्ने बितिक्कै बिभीन्न पेन किलरहरु आफुखुसी किनेर सेवन गरिहाल्ने । वास्तवमा ति पेनकिलरहरुको यति धेरै साइड इफेक्टहरु छन जसको वयान गरेर साध्य छैन । प्रो डा.धर्म प्रसाद खनालका अनुसार धेरै पेनकिलरहरुको सेवनले गर्दा किड्नी फेल हुने सम्भावना रहन्छ । तसर्थ सर्वप्रथम टाउको दुख्नुका कारणहरु पत्ता लगाउने कोशिष गर्नुस न कि अन्धाधुन्ध पेनकिलर सेवन गर्नेतिर लाग्नुस ।
तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन ? यदि छ भने ख्याल गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु हुन सक्छन् ।

असमान्य उच्च रक्तचाप : उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही समयदेखि उच्च रक्तचापले पीडित हुनुहुन्छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् ।सामान्यतया १४० र ९० लाई समान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर, तपाईँको रक्तचाप १८० र१२० छ भने खतराको संकेत हो । यसले तपाईँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने, छात दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।

मुटुमा कडा स्ट्रोक : उच्च रक्तचापसँगै ह्दयघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयघातको प्रमुख लक्षण टाउको दुःख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयघात हुनुअघि कडा टाउको दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह्रो र शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ ।headache03

दिमागमा संक्रमण : तपाईँलाई गम्भीर रुपमा टाउकोमा संक्रमण जस्तै मेनेन्जाइटिस भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा आजैदेखि बिचार पुयाउनुहोस् । भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कोर्डमा पीडा बढाउनु मेनेन्जाइटिस हो । यसको समयमै पहिचान गरिएन भने मानिसको ज्यान नै जोखिममा हुने गर्छ । अत्यधिक टाउको दुखाइका अतिरिक्त ज्वरो, शरिरमा रातो फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न नसक्नु, शरिरका मांशपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका अन्य लक्षणहरु हुन् ।

आन्तरिक रक्त प्रवाह : उच्च रक्तचाप वा अन्य मानसिक समस्याहरुका कारण कहिलेकाही दिमागको रक्तनली फुट्न गई दिमागमै रगत वग्न सक्छ जसका कारण पनि खपिनक्नु टाउको दुख्न सक्छ । दिमागको कुनै रक्त नली च्यातिएमा शरिरको कुनै अंग निकै कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ । आखाँमाथिको भाग दुख्नु, आखाँका नानीहरु केही फराकिलो देखिनु, आखाँका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिंगटा लाग्नु, चेतना गुमाउनु आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन् ।

ग्लुकोजको मात्रा न्यून : यदि तपाईँको शरीरमा ग्लुकोजको मात्र कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा हाइपोग्लाइसिमिया भनिन्छ । शरिर भित्रका गतिबिधि सक्रीय सञ्चालनका लागि हाम्रो शरिरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ । न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव पार्छ र विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन ग्लुकोजकै कारण तपाईको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पर्दाथ र कार्बोहाइडे«डयुक्त खानेकुरा खानुभयो भने पनि केही हदसम्म मुक्ती पाउनुहुनेछ । चिनियुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस । हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो जसका कारण मानिसको अकस्मात् मृत्युसम्म हुुन सक्छ । तपाईँ लामो समयदेखि भोकाउनु भएको छ र निरन्तर टाउको दुःख्छ भने ब्लड ग्लुकोजको तहलाई कायम गर्नका लागि पनि केही न केही खानेकुरा खानुहोस् । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा पसिना बग्ने, दिक्क लाग्ने, अनियमित रुपमा धड्कन चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको अन्य लक्षण हुन् ।

टाउकोमा लागेको गम्भीर चोट बल्झिनु : यदि कुनै वेला तपाईको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ । तसर्थ कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस । टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने अशरले दीर्धकालिन रुपमा टाउको दुख्छ । वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरिरका कुनै अंगहरु दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट बल्झिदाका लक्षणहरु हुन् ।

उमेरसँग सम्बन्धित समस्या : यदि तपाई ५०वर्ष भन्दा बढी हुनुभएको छ र बेग्लै ढंगले टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् । टाउकोका कोषहरुमा समस्या वा ब्रेन ट्युमरका कारणले पनि टाउको दुख्ने गर्छ ।

प्रकाशित : मङ्गलबार, माघ १२, २०७२०९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एपेन्डिसाइटिस र यसका लक्षण हरु जानी राखौ