किन गर्छ मान्छे आत्महत्या

माघ १२ एजेन्सी – जिन्दगीमा सधै भरी उस्तै हुँदैन कहिले चाहेका कुराहरु पुरा हुँदैन त्यसकारण पनि कहिलेकाही हतस र निरस हुन पनि सकिन्छ । मन सधैभर एउटै हुदैन । कहिले खुसी त कहिले हतास हुन्छ । तर निरन्तर रुपमा मन दुःखी हुन्छ भने त्यो राम्रो संकेत होइन । कहिले काँही हाम्रै आफ्न्तले देखाएको आत्महत्या सम्बन्धि स्वभावको हामीले हेक्का राख्दैनौं । तर पछि उनीहरुले छोडेको आत्महत्यासम्बन्धि नोटदेखेपछि पश्चताप मान्छौ । विज्ञहरुका अनुसार कुनै पनि व्यक्तिले आत्महत्या गर्न विभिन्न कारण हुन्छन् । आत्माहत्या गर्नु अघि विभिन्न लक्षणहरु देखाउने गर्दछ, जसको बेलैमा अध्यान गरि आबश्यक मनोबैज्ञानिक उपचार गरे दुर्घटना हुन पाउदैन ।
आत्महत्या गर्ने प्रमुख करणहरु यस्ता छन

डिप्रेसनः
डिप्रेसनले पनि आत्महत्या गर्ने सोच, बिचार र स्वभावतर्फ उन्मुख गर्छ । निराश मानिसहरुले जहिले पनि आफ्नो बारेमा नकरात्मक सोच मात्र राख्छन् । पूर्ण रुपमा आशा समाप्त भएपछि आफ्नो जीवनलाई अन्त्य गरिदिन्छ अर्थात आत्महत्या गरिदिन्छन् ।

गहिरो पिडाः
जीवनका महत्वपूर्ण उत्तारचढाब, चोट तथा पीडाले पनि मानिसलाई आत्महत्याको सोच बनाउछ । जस्तै सम्बन्ध बिच्छेद, ब्रेकअप, सन्तानको मृत्यु, आफन्तको देहाबसान, आर्थिक नोक्शानी, भ्रष्टाचारको मुद्द, टाट पल्टिका घटना इत्यादिले पनि आत्महत्याको बाटोतर्फ लैजान सक्छ ।

बेरोजागारः
आफ्नो खाइरहेको जागिर गुमाउनु तथा अर्को काम नपाउदाको बखतमा पनि मानिसमा साहै पीडा हुन्छ र बिस्तारै आत्महत्यातर्फ गर्ने अवस्था हुन्छ । सम्पूर्ण परिबार पाल्ने एक मात्र व्यक्ति बेरोजगार बन्दा अत्यधिक तानब हुने र आर्थिक संकटका कारण आत्महत्या गर्ने विज्ञहरु बताउछन् ।

लज्जाः
कुनै लज्जास्पद घटनाले पनि मानिसले आत्म सम्मान गुमाउछ र बाच्न अयोग्य ठान्छ । करणी लगायतका ठूला ठूला अपराधमा दोषी ठहर भएपछि जीवनको अर्थ पनि समाप्त हुन्छ ।

दुव्र्यबहार:
जीवनमा हुने कुनै प्रकारका दुव्र्यबहार र त्यसको अशरले पनि मानिसलाई आत्महत्या गरु गरु बनाउछ । शारीरिक, भावनात्मक, तथा यौन दुव्र्यबहारले मानिसलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्छ ।

कमजोर आत्मसम्मानः
जब कसैले आत्मविश्वास गुमाउछ तव उसले आफूलाई सधै सानो वा कम्जोर देख्छ र आफूमा हिनताबोध उत्पन्न गरी बाँच्नका लागि अयोग्य भएको महशुस गर्छ । यस्तो भावनले पनि मानिसलाई आत्महत्याको बाटोतर्फ लैजान्छ ।

कष्ट/उत्पिडनः
कार्य क्षेत्र वा घर वा अन्य कुनै स्थानमा उत्पिडत बा कष्ट भोग्न बाध्य मानिस पनि आत्महत्याको बाटो रोज्ने खतरा भएको विज्ञहरु बताउछन् । दाइजो, यौनहिंसा वा आफ्नो कामसँग सम्बन्धित अन्य उत्पिडन भोगका मानिसहरुमा आत्महत्याको सोच आउछ ।
अपांग वा बिरामीः
दीर्धकालिन रोग वा रोगकै कारण अपांग आदिले मानिसले आफूले आफूलाई बोझ ठान्छ । ‘कतिदिन परिबार र घरलाई बोझ दिने’ भन्ने सोच आउछ र अन्तमा आत्महत्या गर्न पुग्छ ।

सेवानिबृत्तः
खाली दिमाग सैतानको डेरा भन्ने उक्ती भएजस्तै सेवानिबृत्त जीवनपछि मानिस निस्कृय हुन्छ । आफू कम्जोर महशुस गदै जीवनदेखि नै निराश बन्छ र बाच्नुको अर्थ नदेख्न सक्छ ।

खराब परिणामः
शिक्षक तथा अभिभावकले बच्चाहरुमा दिने अनावश्यक दबाब र निरन्तरताको असफलताले पनि विद्यार्लीले बाँच्नुको अर्थ बेकार ठान्छन् ।

अत्यान्तै थाहा पाई राख्नुपर्ने आत्महत्या गर्ने मानिसहरुले देखाउने लक्षण
suicide_2439218f-थकित
-भोक नलाग्नु
-साथीभाईबाट एक्लिनु
-हरेश खानु
-चासो नदेखाउनु
-असन्तुलित निन्द्रा
-नकरात्मक सोच

प्रकाशित : मङ्गलबार, माघ १२, २०७२०८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कती घण्टा सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ जानी राखौ