यस्ता स्वभाव भएका महिलाहरुबाट सदैव टाढा रहनुस्

भन्न त महिला पुरुष एक रथका दुइ पांग्रा हुन भन्ने गरिन्छ । तर पनि सही महिलाको फेला परिएन भने जिन्दगीमा नराम्रो सँग नै दु:ख र हन्दर खाइन्छ । तपाईले जीवनमा पाइला पाइलामा त्यस्ता महिलाहरुको सामना गर्नुपरिरहेको हुन्छ जसको बानी र काम गर्ने तरिका तपाईलाई पटक्कै मन पर्दैन । केही महिलाहरु यस्ता पनि हुने गर्छन् जसको तपाईमाथि नकारात्मक असर पर्छ । महिलाहरुलाइ उनिहरुको अन्य पुरुषमाथि के कस्तो प्रभाव परिरहेको छ भनेर अनुभव दिलाउनलाई मुश्किल हुन्छ । त्यस्ता महिलाहरुसँग टाढा रहनु नै उत्तम बिकल्प हो त्यस्ताको संघत नै नगरेकै राम्रो । ति महिलाहरुमा बिभिन्न खाले नकारात्मक सोचहरु र नराम्रा बानी व्यहोराहरु हुने गर्दछन जसले तपाइको जीवनलाई नर्कतुल्य बनाइदिन्छ । आउनुहोस सिकौ ति नराम्रा स्वभाव भएका महिलाहरुबाट कसरी बच्न सकिन्छ :

SAD-large_

 

१: साधारणतया मानसिक रुपले विरामी वा मनोविकारग्रस्त महिलाहरुदेखि टाढा बस्र्नुपर्छ किनकी तपाईलाई थाहा छैन कि उनी कतिखेर के गर्छिन र के भन्छिन ।

२.कुरा लुकाउने महिला : ती महिलाहरुसँग टाढा बस्नुपर्छ जुन मात्र तपाईको कुरा सुन्ने गर्छन् र आप्नो मनको कुरा शेयर गर्दिनन् ।

३.क्यालकुलेटिव महिला : केही महिलाहरु धेरै क्यालकुलेटिव हुन्छन् । उनी समयदेखि लिएर पैसासम्मको सानो तिनो लेन देनमा धेरै गम्भीरताले लिने गर्छिन, यस्तो महिलाहरु देखि पनि होशियार हुनु जरुरी छ ।

४.प्रतिक्रिया नजनाउने महिला : केही महिलाहरु यस्ता हुन्छन् जुन कहिले कुनै कुरामाथि पनि खासै आफ्नो प्रतिक्रिया दिन्नन । यस्तोमा तपाईको लागि उनलाई सम्झनु नै मुश्किल हुन सक्छ कि उनी कहिले के चाहन्छिन् ।

५.कमिटमेन्ट पूरा नगर्ने महिला : जुन महिलाहरुलाई कमिटमेन्टमा विश्वास हुदैन उनीहरुसँग मित्रता नगर्दा नै राम्रो हुन्छ । किनकी उनले तपाईलाई कहिले पनि कुनै पनि समयमा छोडन सक्छन् ।

६.यूज एन्ड थ्रो को नीति अपनाउने महिला : केही महिलाहरु ‘काम छउन्जेल भाँडो काम सकेपछि ठाँडो’ भन्ने खालका हुन्छन । तपाईलाई मात्र आफनो राम्रो मित्र भनेर तपाईसँग काम गराउछिन् तर समय आएपछि तपाईलाई चिन्न पनि अस्वीकार गर्छिन । यस्ता महिलाहरुबाट पनि टाढै रहनुहोस ।

७.चिल्लो कुरा फुस्रा व्यवहार गर्ने महिला : के महिलाहरु तपाईलाई सदैव मुखले चिल्लो घसेर हजुरमा हजुर थप्ने गर्छिन् र तपाईलाई भावनात्मक तरिकाले ब्ल्याकमेलीङ गरिरहेका हुन्छन गर्छिन् । यस्ता महिलाहरुबाट पनि टाढै रहनुहोस ।

८. अरुका कुरा नसुन्ने महिला : केही महिलाहरुको बानी हुन्छ कि उनीहरु मात्र बोल्ने गर्छिन् तर सुन्न चाहदैनिन् । यस्तोमा तपाई चाहेर पनि आफनो कुरा भन्न पाउन सक्नुहुन्न । त्यसैले यस्ता महिलाहरुबाट पनि सदैव टाढा रहनुहोस ।

९.तर्कले नसकी जिद्धीपनले जित्न खोज्ने महिला : सानो सानो कुरामा पनि झगडा सृजना गर्ने रोएर जित्न खोज्ने महिलाहरुदेखि टाढा रहनुहोस् । जसले तर्कले जित्न नसकि सधै जिद्वीले जित्न खोज्छन त्यसलाइ बाध्यताले तपाइले साथ दिनुपर्छ । त्यसैले यस्ता महिलाहरुबाट पनि सदैव टाढा रहनुहोस ।

प्रकाशित : शनिबार, माघ ०९, २०७२१०:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्लिम बन्न खोज्दा गरिने गल्ती