कम सुत्दा यी रोग लाग्छन् 

रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।
क्यान्सर
राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्त्व शरीरबाट बाहिर निस्कन सक्दैन । शरीरमा त्यस्ता तत्त्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् ।
हृदयाघात
बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लडप्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।
अलजाइमर
भरपुर सुत्दा दिमाग पुनर्जी्वित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या जन्माउँछ ।

प्रकाशित : शनिबार, माघ ०९, २०७२०७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् सुन्तला खानुका फाईदाहरु