पेट रोगको उपचार गर्ने १० घरेलु तरिका जानी राखौं

15041115painingखबर संगालो, काठमाडौँ
तपाइको दैनिक जीवनशैली कस्तो छ ? पुरानो अचार,खुर्सानी,धेरै मसला,फ्राइगरेको खाना खाने ,समयमा खाना नखाने,समयमा नसुत्ने एसिड भएको पेय पदार्थ पिउने,धुम्रपान लागुपदार्थ सेवन गर्ने,माछा मासु अण्डा तारेर सेवन गर्ने,सँधै तनावमा बस्ने वा चिन्ता,रिस,प्रतिशोध,काम,क्रोध,लोभ,मोह र अहंकारमा उभिरहने गर्नुहुन्छ भने तपाइँलाई धेरै छिटो ग्यास्ट्रिक हुन्छ । साथै पेटमा जुका पर्नु,सधैं मैदाका परिकार सेवन गर्नु,एकपटक खाना खाएको नपच्दै पुनः खाना खानु, खानासँगै पानी प्रशस्तै खानु आदिबाट पेट खराव हुन्छ । आमाशयबाट अम्लपित्त उत्पन्न भई अनियन्त्रित रुपमा फैलन्छ । यसको रोकथाम समयमै नगरेमा अल्सर हुन्छ साथै डेडुनलको क्यान्सर समेत हुन्छ ।
पेट रोगका लक्षण यस्ता छन्

अमिलो बान्ता हुनु
खानमन नलाग्नु दुब्लाउँदै जानु
पेट दुख्ने पोल्ने आउँ पर्नेे
टाउको दुख्ने बारम्वार रिस उठ्ने
दिशामा रगत देखिने
रोगप्रतिरोधात्मक क्षमता घटेर जाने
सरुवा रोगले छिटो समात्ने
रक्तअल्पता हुने
रिंगटा लाग्ने आँखा कमजोर हुने
मुटुको धड्कन बढेर डरलाग्ने

पेटको रोगको उपचारका १० घरेलु उपायहरु :

१.पेटमा ग्यास्ट्रिक वायु बढेमा वा आउ परेमा मेथिको चिया दिनमा दुईपटक सेवन गर्ने ।
२.पेटमा अल्सर भएमा वेसार र विरेनुन तातोपानी सँग दिनमा ३ पटक खाने ।
३.बेलुका बेसार दुधमा मिलाई पिएर सुत्ने बेलामा पिएमा ग्यास्ट्रिक ठिक हुन्छ ।
४.अरुचि,अपचमा करेलाको अचार वा तरकारी खाने गर्नु ठिक हुन्छ ।
५.दैनिक खानाअघि एकदाना अमला खाने, बेलको पाकेको गुदीको सर्वत सेवन गन ।
६.खानासँग सलादको रुपमा प्याज र अदुवाको टुक्रा खाने साथै पुदिनाको दशपत्र पिसेर एक चिया गिलाँस पानीमा बिहान /बेलुका सेवन गर्ने ।
७.तुलसीपत्र र अदुवाको रस बराबर मिलाएर खानाअघि सेवन गर्नाले अरुचि र ग्यास्ट्रिक आदि ठिक हुन्छ ।
८.साँझ बिहान दश ग्राम सुपको काँडा र काँचो नरिवलको रस  सेवन गर्ने ।
९ सानो एकचम्चा मेथीको धुलो दुध वा दुधको तरसँग  बिहान /बेलुका  सेवन गर्ने ।
१०.तीन चम्चा अदुवाको रसमा बराबर अदुवाको रसमा मिलाएर सेवन गर्ने ।

प्रकाशित : बुधबार, माघ ०६, २०७२०७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्वस्थ/निरोगी वन्न अपनाउनु पर्ने केहि कुरा यस्ता छन्