बलिउडकी सुन्दर अभिनेत्री कियारा आडवाणीले आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा विशेष स्थान बनाएकी छिन्। कियाराको हरेक शैली प्रशंसकहरु द्वारा मन पराउने गरेका छन् । विशेष गरी फिल्म ‘कबीर सिंह’ मा उनको साधारण युवतीको शैलीको कारण धरै मानिसको मनमा बस्न सफल भएकी छिन् ।
अहिलेको समयमा कियारा आडवाणी आफ्नो भर्खरै रिलीज भएको फिल्म ‘शेर शाह’ को कारण चर्चामा छिन् । फिल्ममा सिद्धार्थ मल्होत्राको साथमा उनको केमि-स्ट्री निकै मन पराइएको छ।
कियारा आडवाणी आफ्नो फ्यानहरु सँग जोडिएको रहनको लागी सोशल मिडिया साइटहरुमा धेरै सक्रिय छिन्। उनी हरेक दिन आफ्नो फोटो र भिडियो सार्वजनिक गरेर प्रशंसकहरुको दिल जीतेकी छिन् ।
एक पटक कियाराले मानिसहरुको मुटुको धड्कन् फेरी एक पटक बढाएकी छिन् । हाले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केहि तस्बिर सेयर गरेकी छिन्, र फ्यानहरुको मन जितेकी छिन् । यी तस्वीरहरुमा उनी हरियो र सेतो कलरको को-एड ड्रेसमा देखिएकी छिन्।
फोटोहरुमा कियारा आडवाणी बिभिन्न पोज दिईरहेकी छिन्। तस्बिर सेयर गर्दै अभिनेत्रीले लेखिकी छिन् ‘ए आमा खोर्सानी’ यतिबेला कियाराको तस्बिरबाट उनका फ्यानहरुले नजर हटाउन सकेका छैनन् । यतिबेला अभिनेत्रीको तस्बिरमा फ्यानहरु विभिन्न किसिमको कमेन्ट गरिरहेका छन् ।
कियाराको कामको बारेमा कुरा गर्दा, हालसालै उनी सिद्धार्थ मल्होत्रा सँग ‘शेरशाह’ मा देखिएकी छिन्। यस बाहेक उनी वरुण धवन संग ‘जुग जुग जियो’ र कार्तिक आर्यन संग ‘भूल भुलैया २’ मा देखिने छिन्।