जब सलमान खानले रणबीर कपुरको कलर समातेर जोडदार थप्पड हाने ?

बलिउड अभिनेता रणबिर कपूर बलिउडका एक शानदार अभिनेता हुन् । उनले बलिउडमा छोटो समयमा नै नाम कमाउन सफल भएका थिए । रणबिरको लोकप्रियता झन् युवतीहरुमा देख्न सकिन्छ । युवतीहरु बीचमा उनि चकलेटी हिरोको नामबाट परिचित छन् । रणबिर त्यस्तै  अभिनेता हुन् जो बलिउडमा उनीहरु आफनो अभिनयको साथै व्यक्तिगत जीवनको कारण चर्चामा छन् । रणबिर उनको प्रेम सम्बन्धको कारण पनि चर्चामा आउने गरेका छन् । कुनै एक समय थियो जब रणबिर अभिनेत्री कट्रिनासँग प्रेम सम्बन्धमा थिए ।

कुनै एक समयाम रणबिर कपूरलाई सलमान खानाले थप्पड हानेको विषयले सामाजिक सञ्जाल तातेको थियो । यो कुरा त्यो समयको हो जुनबेलामा रणबिर कपूर साथिहरुको साथमा एक होटलमा गएका थिए र त्यहाँ साथिहरुको साथमा पार्टी गर्दै थिए । त्यस समयमा रणबिर भएको स्थानमा अचानक सलमान खान आएका थिए र सलमान र रणबिर र सलमान बिचमा केहि समय कुरा भएको थियो । सलमान र रणबिर बिचमा छलफलको क्रम उनीहरु बिचमा झगडा भएको थियो ।त्यसै बिचमा रणबिरलाई सलमानले थप्पड हानेका थिए ।

जब अभिनेता ऋषि कपूरले थाहा पाएका थिए कि सलमानले उनको छोरा रणबिरलाई थप्पड हाने भनेर, त्यस समयमा ऋषि कपुर निकै रिसाएका थिए । त्यस समयमा सलामनलाई थाहा थिएन कि रणबिर ऋषि कपुरक छोरा हुन् भनेर । जब सलमानलाई थाहा भएको थियो तब सलमान आफ्नो हर्कतको कारण निकै लज्जित भएका थिए । जब सलमानका बुबा सलीम खानलाई यस बारे मा थाहा भयो, उनी तुरुन्तै सलमानलाई लिएर ऋषि कपुरको घर पुगेका थिए र त्यहाँ सलमानले माफी मागेका थिए ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री सारा माल्दिभ्स पुगेर देखिइन् यस्तो अवतारमा, अन्य अभिनेत्रीलाई भयो जलन !