अभिनेत्री करीना कपूर खान यतिबेला गणेश चतुर्थीमा लगाएको कपडाको सेटको कारण चर्चामा छिन्। जुन तपाई सजीलै किन्न सक्नुहुन्छ। बलिउड अभिनेत्री करीना कपूर खान र सैफ अली खानले भर्खरै आफ्नो छोरा तैमुर सँग गणेश चतुर्थी मनाएका छन् । यस क्रममा करिनाको परिवारका तिन जना एकै र साधारण पोशाकमा देखिएका छन् । यतिबेला उनीहरुको यस पोसाक सबैतिर चर्चा भैरहेको छ ।
वास्तवमा हालै करीनाले आफ्नो इन्स्टाग्राममा गणेश चतुर्थीको केहि तस्वीरहरु तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् । ‘गणेश चतुर्थी मेरो जीवनलाई माया र टिम टिमको प्यारो सानो माटोको गणपतिको साथमा मनाउनु’ साथमा तस्बिरमा नवाब परिवार भगवान गणेशको प्रार्थना गर्दै गरेको देख्न सकिन्छ । त्यस्तै अभिनेत्रीले भगवान गणेश र उनको छोरा तैमुरको तस्बिर पनि सार्वजनिक गरेकी छिन् ।
यस समयमा फ्यानहरु करिना कपूर र उनको परिवारले लगाएको कपडाको कारण चर्चामा छिन् । उनीहरुले लगाएको कपडाको मूल्य करिब ३९५० पर्छ । यसको साथै भगवान गणेशको अगाडी हात जोडेर उभिएका करिनाका श्रीमान तथा अभिनेता सैफ अलि खानको तस्बिरलाई पनि ट्रोल बनाइ रहेका छन् । अभिनेता मुस्लिम धर्म बिर्सेर हिन्दु संस्कृति अपनाएको भनेर विभिन्न किसिमको कमेन्ट गरिहेका छन् ।