यो ४ महिना ५ राशिलाई फलदायी हुने, मिल्नेछ मनग्यै लाभ

काठमाडौँ : सन् २०२१ को अन्त्य नजिक आइसकेको छ। अब यो वर्षमा ४ महिना मात्र बाँकी रहेको छ। ज्योतिष सिद्धान्त अनुसार तपाईंको जीवन कस्तो हुनेछ र कुन समयमा के हुनेछ भन्ने कुरा धेरै हदसम्म तपाईंको कुण्डलीमा उपस्थित ग्रहहरु द्वारा निर्धारित गरिन्छ। यस्तोमा आज हामी यस्ता ५ राशिको बारेमा कुरा गर्छौं जसको लागि २०२१ को बाँकी ४ महिना निकै सुखद रहनेछ। यो समयमा यी राशिका मानिसको जीवनमा प्रमुख परिवर्तन आउनेछन्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

यो चार महिनामा यस राशिका मानिसको लागि आकस्मिक धन लाभ प्राप्ति हुने सम्भावना रहेको छ। यस राशिका मानिसहरुले धनको देवी लक्ष्मी द्वारा आशीर्वाद प्राप्त गर्नेछन् र उनीहरु भावनात्मक रूपबाट धेरै सन्तुष्ट हुनेछन्। सम्भवतः मेष राशिका मानिसहरु आउँदो समयमा नयाँ घर वा गाडी किन्नेछन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :


आगामी समयमा सिंह राशिका मानिसहरु आफ्नो लागि घर किन्ने योजनाको कार्यान्वयन गर्न सक्नुहुन्छ, तर यदि तपाईंले सोच-बिचार गरेर अगाडी बढ्नु भयो भने मात्र लाभ प्राप्त गर्नुहुनेछ। २०२१ को डिसेम्बर महिना तपाईंको लागि आर्थिक रुपमा धेरै लाभदायक साबित हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कन्या राशिका मानिस जो विगतबाट नै केहि समस्यासँग संघर्ष गर्दै आउनु भएको छ भने अबको चार महिना तपाईंको लागि शुभ साबित हुनेछ। तपाईंले आकस्मिक धन लाभ प्राप्त गर्न सक्नुहुनेछ तर खर्चको मात्रा पनि केहि बढ्न सक्छ। क्यारियरको सन्दर्भमा अबको समय धेरै राम्रो रहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका मानिसहरु, जो धेरै समस्याहरुबाट गुज्रिरहेका छन्, अब उनीहरुको समस्याहरुलाई बिदाई गर्ने समय आएको छ। तपाईंले हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। यदि तपाईं कतै पैसा लगानी गर्ने योजना बनाइरहनुभएको छ, त्यसको लागि पनि यो अवधि निकै शुभ रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशिका मानिसहरुको लागि अबको समय धेरै राम्रो साबित हुनेछ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। वैवाहिक जीवनमा चल्दै आएको समस्याबाट पनि छुटकारा मिल्नेछ। जुन कार्यमा तपाईं हात हाल्नुहुन्छ, त्यसमा सफलता प्राप्त गर्नुहुनेछ। यदि तपाईं केहि कागजी कार्य गर्न चाहानुहुन्छ भने समय अनुकूल रहनेछ।

प्रकाशित : शनिबार, भदौ २६, २०७८१९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ २७ गते आईतबार ,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल!