मन थामेर हेर्नुस् ज्याक्लिन फर्नान्डिजका यी ह:ट फोटोहरु….

एजेन्सी : बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिज छोटो समयमै भारतीय चलचित्र क्षेत्रमा स्थापित भईन्। अत्यन्तै कमै मान्छेलाई मात्र थाहा छ कि मिस युनिभर्स श्रीलंकाको ताज पहिरिसकेकी ज्याक्लिन चलचित्र क्षेत्रमा कदम राख्नु अघि एक टिभी रिपोर्टरको काम गर्थिन्। सन् २००९ मा ज्याक्लिनले बलिउडमा कदम राखेकी थिईन् र त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नुपरेन।

ज्याक्लिनको जन्म सन् १९८५ अगस्त ११ मा बहराइनमा भएको थियो। उनका पिता श्रीलंकाली मूलका हुन् भने उनकी आमा मलेशियाली मूलकी हुन्। उनकी आमा एक एयर होस्टेज थिईन्। चार सन्तानमा उनी सबैभन्दा कान्छी हुन्। ज्याक्लिन सानै अभिनयमा रुचि राख्थिन्।

एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा ज्याक्लिनले आफू बाल्यकाल देखि नै अभिनेत्री बन्न चाहेको कुरा बताएकी थिईन्।

ज्याक्लिनले युनिभर्सिटी अफ सिड्नीबाट मास कम्युनिकेसनमा ग्राजुएसन गरेकी छिन्। ग्राजुएसनपछि उनी श्रीलंकामा एक टिभी रिपोर्टरको काम गर्न थालिन्। यद्यपि त्यस काममा ज्याक्लिन लामो समय टिक्न सकिनन् र मोडेलिङतिर मोडिइन्।

सन् २००९ मा उनी मोडेलिङको लागि भारत आइन्। र फिल्म अलादीनको लागि अडिसन दिईन् र सेलेक्ट पनि भईन्। यहीँ उनको डेब्यु फिल्म हो। फिल्ममा उनीसँगै रितेश देशमुख र अमिताभ बच्चन थिए। यद्यपि फिल्म खासै चल्न सकेन।

ज्याक्लिन सामाजिक सञ्जालमा निकै चर्चित रहन्छिन्। उनको इन्स्टाग्राममा ५० मिलियन भन्दा बढी फलोअर्स छन्। सामाजिक सञ्जालमा सक्रिय रहने उनी आफ्नो तस्बिर तथा भिडियोहरु शेयर गरिरहन्छिन्।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री श्रिया सरनले छोटो कपडा लगाउँदा परेको थियो याति ठुलो समस्या, हेर्नुहोस् तस्बिर सहित!