अत्यन्तै लजालु स्वभावका हुन्छन् यी ३ राशिका जातक

काठमाडौँ : व्यक्तिपिच्छे स्वभाव अलग-अलग हुन्छ। कोहीँ सजिलै अरुसँग घुलमिल हुन्छन् भने कोहीँ मानिसहरुबाट टाढै बस्छन्। केही आफ्नो कुरा सजिलै बताउँछन् भने केही आफ्नो कुरा राख्न हडबडाउँछन्। ज्योतिष शास्त्र अनुसार व्यक्तिको स्वभावमा तिनको राशिको प्रभाव पर्छ किनकी राशिहरु अलग-अलग तत्वका हुन्छन्। १२ वटा राशिहरुमध्ये ३ राशि अत्यन्तै लजालु स्वभावका हुन्छन्। यिनीहरुले सजिलै आफ्नो मनको कुरा अरुलाई बताउदैनन्।

अलग हुन्छ स्वभाव :

ज्योतिष अनुसार कर्कट, वृश्चिक र मीन राशिका जातक अत्यन्तै अन्तर्मुखी स्वभावका हुन्छन्। यिनीहरु छिट्टै आफ्नो मनको कुरा अरुलाई बताउँदैनन्। यिनको स्वभावमा आक्रामकता फिटिक्कै देखिन्न। यी ३ राशिका जातक लजालु, इन्ट्रोभर्ट र सेल्फ-कन्सियस हुन्छन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका मानिस धेरै बोल्दैनन्। नयाँ मानिसहरुसँग घुलमिल गर्न यिनले धेरै समय लगाउँछन्। यिनीहरु हेर्दा अनौठो या अलग देखिन्छन्, तर यो यिनको स्वभावको एक हिस्सा हो। यस राशिलाई नयाँ साथी बनाउन र लामो समयसम्म चल्ने सम्बन्ध बनाउन कठिनाई हुन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

ज्योतिष अनुसार वृश्चिक सबै राशिहरुमध्ये सबैभन्दा रहस्यमयी राशि हो। यस राशिलाई यसकारण रहस्यमयी मानिन्छ कि यिनीहरु आफ्नो मनको कुरा भन्न लजाउछन् र आफ्नो राय आफूमै सीमित राख्छन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका जातक आफ्नै दुनियाँमा रहन्छन् किनकी यिनले आफ्ना वरपरका चीजलाई हेर्ने दृष्टिकोण नै अनौठो हुन्छ। यिनीहरु सजिलै मानिसहरु घुलमिल हुँदैनन् र आफूमै मस्त रहन मन पराउँछन्। यिनीहरु आफ्नो भावना अरुमा शेयर गर्न हिच्किचाउँछन्। यिनीहरु शान्त स्वभावका हुन्छन्।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ २६ गते शनिबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल!