गणेश चतुर्थीमा सनातन धर्म अनुसार यस दिनलाई एक महत्वपूर्ण चाड मानिन्छ । हिन्दू क्यालेन्डर अनुसार यो पर्व हरेक बर्ष भाद्रपद महिनाको शुक्ल पक्षको चौथो दिन मनाईन्छ। धार्मिक मान्यता अनुसार यो दिन गणेश जी को जन्म भएको मानिन्छ। यस दिन गणपति महाराजको विधि अनुसार पूजा गरिन्छ।
यहाँ मुख्य तया केहि चिजहरु भगवान गणेशको प्रिय छन् । यस्ता चिज छन् जुन भगवान गणेशको पुजामा प्रयोग गरियो भने गणेशको कृपा रहने छ । यति तपाईहरु राशि अनुसार भगवान गणेशलाई प्रसाद चढाउनु हुन्छ भने तपाईको जीवनका इच्छा प्राप्ति भएर दुख नास हुने मान्यता रहेको छ ।
मेष राशि
तपाई भगवान गणेशलाइ बुन्दको लड्डु चढाउनु होस् । र ‘ॐ वक्रतुण्डाय हुं’ मन्त्रले जप गर्नुहोस् । यस जपले तपाईको जीवनमा खुशी ल्याउनेछ।
वृष राशी
यस राशिका मानिसहरुले भगवान गणेशलाई मोदक चढाउनु पर्छ। साझा आरतीको सामयमा नरिवल र मिश्रीबाट बनेको लड्डु चढाउनु होस् । यस्तो गर्नाले तपाईको दुख कम हुनुको साथै चिन्ता मुक्त भइने छ ।
मिथुन राशि
मिथुन राशि भएका मानिसले भगवान गणेशलाई गुड, मंगुको लड्डुको साथै फल चढाउनु पर्छ ।’श्री ह्रीम क्लीन ग्लैम गणपतेय वर वरद सर्वजनम म वस्मानाय स्वाहा’ मन्त्र जप गर्नुहोस्। यतो गर्नाले तपाईको इच्छा साकार हुनेछ ।
कर्कट राशि
कर्कट राशी भएका मानिसले भगवान गणेशलाई खिर र दहिको भोग लगाउनुहोस् । ‘ॐ वक्रतुण्डाय हुं’ मन्त्रले जप गर्नुहोस् । यस्तो गरेमा तपाईको सम्पूर्ण दुख हट्नेछन् र जीवनमा शुख, खुशी आउनेछ ।
सिंह राशी
सिंह राशिका मानिसहरु भगवान गणेशलाई गुड़ चढाउन सक्छन्। खानामा गुडबाट बनेको लड्डू र रातो फल चढाउन् सक्नु हुन्छ । ‘श्री गम सौभाग्य गणपति वरवरदम् सर्वजनम में विष्णमानायम स्वाहा’ मन्त्रले जप गर्नुहोस्। यसो गरेमा तपाईमा बिद्या बुद्धि बढ्नेछ ।
कन्या राशि
कन्या राशि भएका मानिसले भगवान गणेशलाई मुगुको लड्डु चढाउनु होस् । ‘ॐ गं गणपतयै नमः या ॐ श्रीं श्रियैः नमः’ मन्त्रले जप गर्नुहोस् । यसो गर्नाले तपाईको जीवनमा तपाईलाई सफलता मिल्छ र रोकिएका काम पुरा हुनेछ ।
तुला राशि
तुला राशि भएका मनिसले भगवान गणेशलाई मिश्री र केरा चढाउनु राम्रो मानिन्छ । ‘ॐ ह्रीं, ग्रीं, हरीं गजाननाय नम:’ मन्त्रले जप गर्नु होस् । यसो गर्नाले तपाईलाई सोचे अनुसारको फल प्राप्त हुनेछ ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसहरुले भगवान गणेशलाई सखर, मेवाको लड्डु र रातो रंगको चामल चढाउनु पर्छ । ‘क्र वक्रतुण्डाय हुं’ मन्त्र का जप गर्नुहोस्। यस्तो गर्नाले जीवनका सम्पूर्ण दुख नास हुनेछ।
धनु राशि
धनु राशि भएका मानिसले भगवान गणेशलाई मोदकको लड्डु र केरा चढाउनु होस् । ‘ॐ गं गणपतयै नमः’ मन्त्रले जप गर्नुहोस्। यस्तो गरेमा तपाईको सम्पूर्ण दुख नास हुनेछ ।
मकर राशी
मकर राशि भएका मानिसले भगवान गणेशलाई मोति चुरको लड्डु किशमिश चढाउनुहोस्। ‘ॐ लम्बोदराय नमः’। मन्त्रले जप गर्नुहोस् । यस्तो गर्नाले तपाईमा सधै भगवान गणेशको आशिर्वाद रहने छ ।
कुम्भ राशी
कुम्भ राशी भएका मानिसले भगवान गणेशलाई बन्दीको लड्डु र मौसमी फल चढाउनु होस्। ‘ओम सर्वेश्वराय नमः।’ मन्त्रले जप गर्नुहोस् । यसो गरेमा तपाईको जीवनमा सफलता प्राप्त गर्नुहुनेछ।
मिन राशी
मिन राशी भएका मानिसले भगवान गणेशलाई बेसनको लड्डु बदाम चढाउनु होस् । ‘ॐ सिद्धि विनायक नमः।’ मन्त्रले जप गर्नुहोस् । यसो गरेरमा तपाई जीवनमा खुशी र समृद्धि पाउनुहुनेछ।