आज गणेश चतुर्ती भुलेर पनि नगर्नुहोस् यस्ता काम, अन्यथा वर्ष भरिनै हुनेछ यति धेरै नोक्सानी!

भगवान गणेशको १० दिने महापर्व आजबाट सुरु हुँदैछ। प्रत्येक पूजा भन्दा पहिले गणेशको पूजा अनिवार्य मानिन्छ। यदि तपाई कुनै पनि पुजाको आरम्भ गर्दै हुनुन्छ भने सबैभन्दा पहिले भगवान गणेशको पुजा गर्नु अनिवार्य मनिन्छ किनकि कुनै पनि पुजाको आरम्भ गर्नु भन्दा पहिले गणेशको पुजा गरिएन भने उक्त पुजा पूर्ण भएको मानिदैन । भगवान गणेशको पुजा आरधना गर्नाले जीवनमा शुख, सम्ब्रद्धि प्राप्त हुनुको साथै दुख नास भएर जाने मान्यता रहेको छ । तर गणेश चतुर्दशीको दिन यस्ता विशेष नियमको पालना गर्नु गरुरी हुन्छ ।

१.  गणेशको पुजाको समय भुलेर पनि तुलसी चढाउनु हुँदैन । किनकी भगवान गणेशले तुलसीको विवाह प्रस्तावलाई अस्विकार गरेका थिए । त्यस पछी तुलसीले भगवान गणेशलाइ दुई विवाहको श्राप दिएकी थिइन् । र गणेशले पनि तुलसीलाई एक राक्षससँग विवाह होस् भनि श्राप दिनु भएको थियो । त्यसैले भगवान गणेशको पुजामा तुलसीको प्रयोग गरिदैन ।

२. भगवान गणेशको मुर्तिको स्थापना गर्दा गणेशको मुर्ति मात्र एक्लै स्थापन गर्नु हुँदैन । उनको साथमा अर्को कुनै भगवानको मुर्ति पनि राख्नु पर्छ । गणेश पूजामा सात्विक खाना मात्र खानुपर्छ। यस समयमा मासु, माधक पदार्थ, माछा उपभोग भुलेर पनि गर्न हुँदैन ।

३. गणेश चतुर्दशीको दिन भुलेर पनि चन्द्रमा हेर्नु हुँदैन । अन्यथा व्यक्ति विवादमा फस्न सक्छ। झुटो बोल्ने, चोरीको आरोप लाग्न सक्छ ।

४. गणेश चतुर्थीको पूजामा लसुन प्याज भुलेर पनि प्रयोग गर्नु हुँदैन । यी दिनहरुमा ब्रह्मचर्य पालन गर्नुहोस्। आफ्नो दिमागमा सात्त्विक बिचार राख्नुहोस्। कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनु पर्छ ।

५. भगवान गणेशको पुजा तथा दर्शन कहिले पनि अध्यारोमा गर्नु हुँदैन ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८११:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भगवान गणेशलाई राशि अनुसार चढाउनुहोस् यस्ता चिज, जीवनमा हुनेछ सधैँ शुख र समृद्धि!