बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक!

बलिउडका एक्शन किंग अक्षय कुमार यतिबेला कठिन चरणबाट गुज्रिरहेका छन्। अक्षयकी आमा अरुणा भाटियाको निधन भएको छ। अक्षयकी आमा लामो समयदेखि बिरामी थिइन् । जस कारण आज उनको निधन भएको छ । अक्षय आफ्नी आमाको धेरै नजिक थिए। उनी आमासँग समय बिताउन मन पराउँथिन्। आमाको मृत्युबाट अभिनेता सोकमा डुबेका छन्।

अक्षयले आमाको मृत्युको खबर एक भावुक पोष्टको साथ दिए। अक्षयले आफ्नो पोस्टमा लेखे, “उनी मेरो एक महत्वपूर्ण हिस्सा थिइन्। आज मलाई असहनीय पीडा छ। मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यस संसारबाट बिदा हुनु भएको छ।

उनी मेरो बुबासँग अर्को संसारमा फेरि भेटेकी छिन् । म सम्पूर्णलाई सम्मान गर्छु जसले मलाई यस कठिन परिस्थितिमा म मेरो परिवारलाई धैर्यधारण गर्नको लागि प्रार्थना गरिहेका छन्। ओम शान्ति। “

प्रकाशित : बुधबार, भदौ २३, २०७८१३:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुरु भयो तिज पर्वको रौनक!