एजेन्सी – बलिउड स्टारहरु सामाजिक सञ्जालमा धेरै सक्रिय छन्। सामाजिक सञ्जालमा उनीहरुको ठूलो फ्यान फलोइंग रहेको पाउन सकिन्छ। उनीहरुलाई सामाजिक सञ्जालहरुमा लाखौँ करोडौँ मानिसहरुले फलो गरेको पाउन सकिन्छ। यस्तो अवस्थामा अभिनेता तथा अभिनेत्रीहरु फ्यानहरु सँग जोडीरहनको लागि तस्बिर तथा भिडियो सर्वाजनिक गर्ने गर्छन् र कलाकारहरु कतिपय समयमा देशको विभिन्न समस्यामा पनि आवाज उठाउँने गर्छन् । तर उनीहरु पनि कतिपय अवस्थामा आफैँ समस्यामा पर्ने गर्दछन् । यस पटक यस्तै केहि भएको छ । यतिबेला बलिउड अभिनेता सलमान खान, अक्षय कुमार, अजय देवगन सहित ३८ फिल्म कलाकारहरु विरुद्ध मुद्दा दर्ता गरिएको छ । सन २०१९ मा भएको रेप केशकोमा अभिनेताहरु विरुद्धमा मुद्धा दर्ता भएको हो ।
आज भन्दा तिन वर्ष पहिले भारतको हैदराबादमा एक जघन्य बलात्कारको घटना भएको थियो । त्यस समयमा एक स्कुटीमा जाँदै गरेकी युवती बलात्कार भएकी थिइन् । यति मात्र नभई ति युवतीलाई अपराधिहरुले जिउदै जलाइ दिएका थिए । यस्तोघटना पछी देशका विभिन्न मानिसहरुले यस घटनाको दोषी पहिचान गर्न निकै दवाब दिएका थिए । त्यस समयमा बलिउडका विभिन्न कलाकार हरुले पनि यस घटनाको बारेमा आफ्नी बिचार राखेका थिए । तर यस समयमका उनीहरुबाट एक ठुलो गल्ति भएको थियो ।
त्यस समयमा अभिनेताहरुले आफ्नो पोस्टमा पिडित युवतीको नाम खुलाएका थिए । यस सम्बन्धमा स्टारहरु विरुद्ध मुद्दा दर्ता गरिएको छ। किनकी भारतीय कानून अनुसार बलात्कारको शिकार भएकाको पहिचान खुलाउनु अपराधको श्रेणीमा आउँछ।
यस्तो अवस्थामा दिल्लीका वकिल गौरव गुलाटीले बलिउडक ३ फिल्मी स्टारको बिरुद्ध मुद्दा दायर गरेका छन्। यस मुद्धाको केसमा यसमा सलमान खान, अजय देवगन, अक्षय कुमार, अनुपम, रकुलप्रीत सिंह र फरहान अख्तर जस्ता स्टारहरुको नाम सामेल छ।