तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाबिसको सुनगाभा चोकको बासिन्दा हुन् । उनको पुरा नाम तेरिया फौजा मगर हो । सानै उमेर देखि डान्स गर्नमा धरै चासो राख्ने तेरिया उनको हजुर बुवासँग भारत गएकी थिइन् । भारतमा चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा भाग लिएकी थिइन् । उक्त्त शोमा तेरिया प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् ।
‘डान्स इन्डिया डान्स’ प्रथम स्थान हासिल गर्न सफल भएपछि तेरिया भरतको कलर्स टेलिभिजनबाट प्रसारण हुने चर्चित रियालिटी शो ‘झलक दिख लाजा’ सिजन ९ को बिजेता बन्न सफल भएकी थिइन् ।
पछिल्लो समयमा तेरिया कहिले भारत त कहिले नेपालमा बस्दै आएकी छिन् । पछिल्लो समयमा तेरिया सामाजिक सञ्जालमा विभिन्न शैलीमा प्रस्तुत हुन थालेकी छिन् । यतिबेला तेरियाले विभिन्न कभर गित पनि गएकी छिन् ।
अहिले मानिस हरुलाई जिज्ञासाको विषय बनेको छ । तेरिया अहिले के गर्दै छिन् ? कस्ती भईन ? त्यो समयमा टेलिभिजनमा देखिएकी तेरिया अहिले निकै ठुली भएकी छिन् ।
पछिल्लो समयमा तेरिया सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । अहिले तेरिया सामाजीक सञ्जाल इन्स्टाग्राममा उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गर्ने गर्छिन् । जब तेरिया उनको तस्बिर असर्वाजनिक गर्छिन् । तब उनको तस्बिर एकैछिनमा भाइरल भैदिन्छ।
तस्बिर श्रोत: तेरिया मगर इन्स्टाग्राम