सिद्धार्थ र शहनाज गिलको कथा अधुरो रह्यो। सिद्धार्थको अन्तिम बिदाईको तस्वीरहरुमा शहनाज गिल र सिद्धार्थको सम्बन्धको महत्व थाहा पाउन सकिन्छ । सिद्धार्थ र शहनाज बिग बोस १३ मा पहिलो पटक भेटिएका थिए। बिग बोसको घरमा दुबैको सम्बन्धलाई सारा दुनियाँले देखेको छ। शहनाज बिग बोसको घरमा सिद्धार्थ बिना निकै निरास हुने गरेकी थिइन् । एक पटक सिद्धार्थ बिग बोसको घारमा हुँदा उनको अस्वस्थताको कारण हस्पिटल भर्ना भएका थिए । त्यस समयमा शहनाज निकै एक्लिएकी थिइन् ।
बिग बोसको घर भित्र भेटेको यो जोडी बिग बोस सकिए पछी पनि उनिहरु बिचको सम्बन्ध झनै प्रगाड बन्दै गएको थियो । जब यस संसारबाट सिद्धार्थ बिदा भएका शहनाजलाइ यो कुरा विस्वास गर्ने मुस्किल भएको थियो । जब सामाजिक सञ्जालहरुमा शहनाजको तस्बिर सार्वजनिक भएका थिए । त्यस समयमा उनको अवस्था निकै बिग्रेको थियो । जुन तस्बिर अहिले असामाजिक सञ्जालहरुमा भाइरल भैरहेको छ ।
बिग बोसको घरमा शहनाज र सिद्धार्थ जोडीलाई निकै रुचाइएको जोडी थियो । शोमा यो जोडी कतिबेला जिस्कने कहिले झगडा त कहिले एक अर्कोलाई खुबै माया गरेको देख्न सकिन्थ्यो। यतिबेला यी दुई जोडीको प्रेम कथा अधुरै भएको छ । जब शहनाज सिद्धार्थको अन्तिम सस्कारमा पुगेकी थिइन् । त्यहाँ शहनाज सिद्धार्थको सवको पाउ समाउदै निकै रोइन् ।