सिद्धार्थको सव यात्राको अन्तिम तयारी, आयो पोस्टमार्टम रिपोर्ट!

सिद्धार्थ शुक्लाको अन्तिम संस्कार आज दिउँसो १ बजे हुनेछ। सिद्धार्थको पोस्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाइएको छ। उनका प्रियजनहरु सिद्धार्थको अन्तिम झलकको लागी घर पुगिरहेका छन्। सिद्धार्थ शुक्लाको घर बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। केही समय पछि सिद्धार्थ शुक्लाको शव अस्पतालबाट बाहिर ल्याईनेछ। कोरोना महामारीलाई ध्यानमा राखी मानिसहरु भवन बाहिर जम्मा हुन नपरोस् भनेर प्रहरी पनि परिचालन गरिएको छ।

अभिनेता तथा ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ। प्राथमिक जानकारी अनुसार उनी औषधि खाएर सुते र बिहान उठेनन्। सिद्धार्थ शुक्ला टिभी क्षेत्रको एक प्रसिद्ध नाम थियो र सोशल मिडियामा धेरै सक्रिय हुने गरेका थिए । सिद्धार्थ अन्तिम पटक त्यहि साझा उनको आमासँगै हिडेको देखिएको थियो । मुम्बई पुलिसले सिद्धार्थ शुक्लाकी आमा, बहिनी र भिनाजुको बयान लिएको छ । तर, सिद्धार्थको परिवारले उनको मृत्युमा कुनै आशंका व्यक्त गरेको छैन।


जब सिद्धार्थलाई बिहीबार कपूर अस्पताल ल्याइएको थियो, उनको मृत्यु भइसकेको थियो। भनिन्छ कि सिद्धार्थ शुक्लाले राती सुत्नु भन्दा पहिले एक औषधि लिएका थिए। त्यस दिन बिहान सिद्धार्थले छाति दुखेको भनेका थिए । शिदार्थलाई डाक्टरले उनले नियमित गर्दै आएको कसरथलाई कम गर्न भनेका थिए ।

त्यस्तै आज उनको पार्थिक शरीरलाई उनको गाउँमा लगेर अन्त्येष्टि गरिने कुरा भारतीय संचार माध्यामले जनाएको छ ।सिद्धार्थको पोष्टमार्टम ५ जना डाक्टरले गरेका छन् । हिजो बिहान सिद्धार्थलाई कोनको कोठामा अचेत अवस्थामा देखेपछी उनलाई अस्पताल लागिएको थियो । अस्पताल पुग्ना साथ निधन भएको घोषणा गरेको थियो ।

चर्चित टिभी अभिनेता सिद्धार्थ शुक्लाको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। उनका फ्यानहरु अझै पनी विश्वास गर्न असमर्थ छन् कि  सिद्धार्थ अब यो संसारबाट बिदा भएका छन्। सिद्धार्थको अचानक मृत्युले फ्यानहरुको दिमागमा हजारौ प्रश्नहरु खडा भएका छ। ४० बर्षको उमेरमा हँसिलो स्वस्थ मानिस कसरी यो संसार छोड्न सक्छ ? एकै साथमा प्रशंसकहरु सिद्धार्थको परिवार र उनको नजिकका साथीहरुको बारेमा चिन्तित छन्।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल तस्बिर: टिभी सिरियलमा सधैँ साडिमा देखिने सस्कारी बुहारेले ओठ टोक्दै सार्वजनिक गरिन् यस्ता तस्बिर!