पूजा हेगडेले रणवीरलाई पागल भनिन् ? कारण यस्तो!

भारतिय फिल्म क्षेत्रको चर्चित अभिनेत्री पूजा  हेगेडेको नाम सबैले सुन्नु भएकै होला । अभिनेत्रीको सफल अभिनयको कारण भारतीय फिल्म क्षेत्रम आफ्नो फरक पहिचान बनाउन सफल छिन् । यतिबेला पूजाले चर्चित फिल्म निर्माता रोहित शेट्टीको फिल्म ‘कर्कस’ को शुटिंग सकेकी छिन् । सर्कस फिल्ममा पूजाको अपोजिट रणवीर सिंह देखिने छन् ।

हालै एक अन्तर्वार्तामा अभिनेत्री पूजाले रणवीर र रोहित शेट्टी सँग फ्रिल्म सुटिंग गर्दाको अनुभव सुनाएकी छिन् । अन्तर्वार्ताको क्रममा अभिनेत्रीले सुनाइन् उनलाई सुटिंगको क्रममा निकै रमाइलो भएको थियो । रणवीरले सुटिंगको क्रममा निकै सहयोग गरेका थिए । यतिबेला पूजा र रणवीरमा राम्रो मित्रता भएको छ । तर पनि यस बिचमा के भएको थियो र पूजाले रणवीरलाई पागल भनिन् ?


केहि दिन पहिले पूजा उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा फ्यानहरु सँग लाइभमा कुरा गरिहेकी थिइन्। यसै क्रममा पूजाको लाइभमा आएर रणवीरले पूजालाई एक प्रश्न सोध्छन् । त्यसै क्रमम पूजाले रणवीरको प्रश्नको स्क्रीनशट लिदै रणवीरलाई पागल भन्छिन् । पूजा लाइभमा भएको बेलामा रणवीरको कमेन्ट आएको थियो । जसम उनले लेखेका थिए ।

‘म्याम कृपया सर्कसको गीतको लागी शूटिंग आउनुहोस् । पूजाले रणवीर यस प्रश्नको स्क्रि-नशट लिदै भनेकी छिन् । यस्तो लाग्छ मैले रणवीरका १०० प्रश्नहरु छुटाएको छु। अगाडि उनी भन्छिन् कि तपाई एक पागल व्यक्ति हुनुहुन्छ। निमन्त्रणाको लागी धन्यबाद छिट्टै भेट हुनेछ ‘कर्कस’ को सुटिंग स्थलमा, यस सन्देशको साथमा अभिनेत्रीले हासेको इमोजी पठाएको छिन् ।

तस्बिर श्रोत: पुजा हेगडे  इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ १७, २०७८११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिग बोस १३ विजेता तथा प्रसिद्ध टिभी कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन !