शुटिंगमा घायल भईन् प्रियंका चोपडा , रगतले लतपत भएको तस्विर गरिन् शेयर !

बलिउडदेखि हलिउडसम्म चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडा अहिले फिल्म ‘सिटाडेल’ को शूटिंग गरिरहेकी छन्। उनी  सामाजिक सञ्जालमा प्राय शूटिंगसँग सम्बन्धित फोटो शेयर गरिरहन्छिन्। हालै शूटिंगको क्रममा उनि  घायल भएकि छन्। देसी गर्लले इंस्टाग्राममा आफ्नो तस्विर शेयर गरेर यस बारे जानकारी दिएकी हुन्।

 

प्रियंकाले साझा गरेको तस्विरमा उनको अनुहारबाट रगत बगिरहेको छ। साथै उनको अनुहारमा माटो लागिरहेको छ। पहिलो तस्विरको क्याप्शनमा उनले लेखेकी छन् ,”‘वास्तविक के हो र के हैन ? ” दोस्रो तस्विरमा उनले बताईन् कि आँखी भौँमा लागेको चोट साँचैको हो र निधारमा लागेको नक्कली हो।

तस्विर देखेपछि उनको फ्यानले चिन्ता जताएक छन्। उनको फ्यान उनलाई  आफ्नो ख्याल राख्न आग्रह गरिरहेका छन्। फिल्मको कुरा गर्ने हो भने प्रियंका यस फिल्ममा जासुसको भूमिका निभाईरहेकी छन्। यस फिल्ममा उनी रिचर्ड मैडन र पेड्रो लिएंड्रोसँग काम गर्दैछिन्।

आउँदो प्रोजेक्टको कुरा गर्ने हो भने प्रियंका छिट्टै टम क्रूजको ‘मिशन इम्पसिबल ७’ मा काम गर्नेछिन्। प्रियंका कट्रिना कैफ र आलिया भट्टसँग बलिउड फिल्म ‘जी ले जरा’ मा काम गर्दैछिन्।

प्रकाशित : शनिबार, भदौ १२, २०७८१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पठान’ मा एकसाथ काम गर्दै शाहरुख खान र दीपिका पादुकोण !