घरमा यस्ता कमिलाको आगमनले दिन्छ शुभ-अशुभ संकेत, यसरी चिन्नुहोस्!

कमिलाको आकारा सानो भएपनि ठुला घटना हुनुको पुर्व संकेत दिने गर्दछ । घरमा कमिला आउनु सामान्य कुरा हो तर कमिला कुन दिसाबाट आइरहेको छ । उनीहरु कस्ता रंगका, व्यवहारका छन् । यसबाट घरमा आउने शुभ-अशुभ संकेत दिने गर्दछ। कालो कमिलालाई ज्योतिष शास्त्रमा धेरै शुभ मानिएको छ। आज हामि यस पोस्ट मार्फत कमिलाबाट पाहिने संकेतको बारेमा बताउने छौँ ।

घरमा कालो कमिलाहरुको उपस्थिति धेरै शुभ हुन्छ। यस कालो लमिलाको उपस्थितिले घरमा सुख र समृद्धिको आगमन संकेत गर्दछ। यस्ता कमिला चिनी र आटाको पिठोमा भेटिनु एकदमै शुभ मानिन्छ ।

यदि भरिएको चामलको भाँडाबाट कमिला बाहिर आउँछ । भने यसलाई अत्यन्तै शुभ मानिन्छ । यस संकेतले घरमा चाडैं शुख सम्वृद्धि आउँदै छ भनेर जनाउछ ।

यदि कालो कमिला घरमा गोलो घेरामा केहि खाएर बस्छ भने यसलाई धरै शुभ मानिन्छ । यस्तो संकेतले परिवारका सदस्यमा भाग्य वृद्धि र आम्दानी बढ्ने संकेत गर्दछ ।

घरमा रातो कमिला देखिनु शुभ मानिदैन यसले परिवारमा झगडा, समस्या र धन हानिको संकेत गर्दछ । यस्तो अवस्थामा कमिलालाई केहि खाने कुरा दिनु अत्यन्तै शुभ मानिन्छ ।

विभिन्न दिशाबाट कमिलाहरुको आगमनले पनि विभिन्न घटनाको एक संकेत हो। उदाहरणको लागी उत्तर दिशाबाट कमिलाको आगमन धेरै शुभ मानिन्छ । त्यस्तै दक्षिण दिशाबाट आउँदा आर्थिक लाभ हुन्छ। पूर्वबाट आउँदा केहि शुभ समाचार प्राप्त हुन्छ र पश्चिमबाट आउँदा टाढाको यात्राको योग बन्छ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता स्वभावका मान्छेको गरिबीमै जीवन बित्छ, हुनेछ सधै धनको अभाव र अस्वस्थता