पछिल्लो समयमा नेलाली र्यापर, हिपहप क्षेत्रको चर्तित गायक, संगीत लेखक तथा अभिनय मार्फत सबैको मनमा बस्न सफल र्यापर लाहुरेको नामबाट सबै माज परिचय बनाउन सफल आशिष राना मगर यतिबेला उनको एक भनाइको कारण चर्चामा छन् ।
सानो उमेरबाट नै हिपहप गीतमा रुची राख्ने आशिष राना मगर (लाउरे) पछिल्लो समयमा युवा पुस्ताको ढुकढुकी बन्न सफल भएका छन् । पछिल्लो केहि समय यता लाउरे चर्चित शो रोडिजमा जजको भूमिकामा देखिदै आएका छन् । रोडिजमा अहिले जजको भूमिकामा लाउरे, दिया मास्के, अनुप बिक्रम शाही र सनम श्रेष्ठ रहेका छन् भने यस शोलाई रेमन दास श्रेष्ठले होस्ट गरेका छन् । अब केहि समयमा नै रोडिज सिजन ४ को पनि अडिसन सुरु हुने भएको छ ।
यसै क्रममा केहि दिन पहिले एक अन्तर्वार्तामा लाहुरे र दिया मास्के उपस्थित भएका थिए । उक्त्त अन्तर्वार्ताको क्रममा लाहुरे र दिया बिचमा निकै रमाइलो संवाद भएको छ । त्यसै क्रमम लाहुरेलाई एक प्रश्न सोधिएको छ जसमा उनले एकदमै अनौठो जवाफ दिएका छन् । उक्त्त जवाफमा दिया मास्केले पनि लाहुरेलाई हकारेकी थिइन् ।
अन्तर्वार्ताको क्रमम लाहुरेलाई विवाहको बिषयमा कुरा गर्दा लाहुरेले जावाफ दिन्छन् र भन्छन् ‘दुध खान पाएको छ त गाई किन पाल्नु’ भन्छन। लाहुरेको यस्तो जवाफ सुनेर सँगै बसेकी दियाले लाहुरेलाई भन्छिन् ‘यस्तो अत्याचार कुरा नगर त मलाई मन परेन यो उत्तर’ त्यसपछी लाहुरे भन्छन्। ‘यसलाई नकारात्मक नलिनु न प्रेमिका छ विवाह किन गर्नु भन्न खोजेको हो’ भन्छन् ।