ज्याकलिनको खुलासा ,” म विवाह नगरी बच्चा जन्माउन चाहन्छु! “

बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिस अहिले सामजिक सञ्जालमा सक्रिय रहन्छिन्। ज्याकलिन फर्नांडीज बलिउडकी शीर्ष अभिनेत्रीको सूचीमा पर्छिन्। ज्याकलिन फर्नांडीजको जन्म सन १९८५ अगस्ट ११ मा कोलम्बो श्रीलंकामा भएको थियो। अहिले उनी ३६ बर्षकि भएकी छिन् ।

ज्याकलिन फर्नांडीज सन २००६ मा श्रीलंकाको मिस युनिभर्स भएकी थिइन्। धरै कम मान्छेलाई मात्र थाहा छ कि अभिनेत्री पहिले अभिनय क्षेत्रमा आउनु भन्दा पहिले रिपोर्टर थिइन् । अभिनेत्रीले थुप्रै सुपर हिट फिल्महरुमा काम गरिसकेकी छिन् । जस्तै किक, रोय, जुडवा २ जस्ता धेरै सुपरहिट फिल्महरुमा काम गरिसकेकी छिन्।

ज्याकलिनले एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन् कि उनी  विवाह नगरी आमा बन्न चाहान्छिन्। वास्तवमा उनले भनिन् कि उनी हतारमा विवाह गर्न चाहदिनन् । उनले थप भनिन् उनि एक आदर्श व्यक्ति सँग विवाह गर्न चाहान्छिन तर उनले यस्तो व्यक्ति अहिले सम्म भेटेकी छैनन् । यससँगै अभिनेत्रीले यो स्पष्ट पारेकी थिइन् कि उनलाई आमा बन्न कोहि रोक्न सक्दैनन्।

ज्याकलिन भन्दा पहिले नै सनी लियोनी र सुष्मिता सेनले बच्चाहरु अपनाएका छन् । ज्याकलिनको आगामी फिल्मको कुरा गर्नु पर्दा उनको आगामी फिल्म भुत पुलिस र किक २ रिलिजको पर्खाइमा रहेका छन् ।

ज्याकलिन भन्दा पहिले नै सनी लियोनी र सुष्मिता सेनले बच्चाहरु अपनाएका छन् । ज्याकलिनको आगामी फिल्मको कुरा गर्नु पर्दा उनको आगामी फिल्म भुत पुलिस र किक २ रिलिजको पर्खाइमा रहेका छन् ।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री नभई यस्तो काम गर्न चाहन्थिन् कियारा आडवाणी , गरिन् यस्तो खुलासा !