काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आइतबार मनाइँदैछ । सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ। मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । नेपालको तराईक्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
यसपटक रक्षाबन्धनको दिन करिब ५०० वर्षपछि महासंयोग बन्दै छ। यस पटक रक्षाबन्धनको दिन धनिष्ठा नक्षत्र हुनेछ, गुरु र चन्द्रमा एउटै राशि कुम्भमा रही गज केसरी योग बन्नेछ। त्यस्तै सूर्य मङ्गल र बुधसँगै सिंह राशिमा रहनेछ। ग्रहको यस्तो शुभ र फलदायी महासंयोग यसअघि ११ अगस्ट १५४७ मा बनेको थियो। अब ४७४ वर्षपछि बन्ने यो महासंयोगको प्रभाव १२ वटै राशिमा पर्ने देखिन्छ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
करियर राम्रो रहनेछ। धन-लाभ हुनेछ। तपाईको आकर्षण क्षमता बढ्नेछ र बोलीवचन राम्रो रहँदा काम बन्नेछ। घर-परिवार, मित्रजनसँग राम्रो समय बित्नेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यस राशिका जातकले आफ्नो कामको प्रशंसा पाउनेछन्। कुनै नयाँ काम सुरु गर्ने तरखरमा लाग्नुहुनेछ। राम्रो बक्सिस पाउनुहुनेछ। भाग्यले पूरा साथ दिनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
मिथुन राशिका जातकको लागि यो महासंयोग अत्यन्तै लाभदायक हुनेछ। यिनले रक्षाबन्धनदेखि आउँदो ३ दिनसम यसको लाभ पाउनेछन्। अचानक धन लाभ हुनेछ। समस्या दूर हुनेछन्। घर-परिवारमा यदि कुनै समस्या चलिरहेको थियो भने त्यसको समाधानको उपाय निक्लिनेछ। यात्राको योग छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
धन लाभले राम्रो स्थिति बन्नेछ, जसले ठुलो लाभ गराउन सक्छ। करियर र घर दुवै ठाउँमा व्यस्तता रहनेछ, जसले गर्दा थकान बढ्नेछ। नयाँ काम गर्नु अघि अनुभवी मानिसहरुसँग सल्लाह लिनुहोला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
यस राशिका मानिसहरुमाथि शत्रु हाबी हुनेछन्। वादविवाद या तर्क-वितर्कबाट टाढै रहनु उचित हुनेछ। घरमा यदि कोहीँ बिरामी छन् भने स्वास्थ्य अवस्था सुधारोन्मुख हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यस राशिका जातकले हरेक क्षेत्रमा सोचे भन्दा धेरै फाइदा पाउनेछन्। थोरै मेहनतले पनि धेरै धन आर्जन गर्नुहुनेछ। आफूले खोजेको जस्तै जागिर पाउनुहुनेछ। नयाँ काम सुरु गर्न चाहनुहुनेछ भने समय अत्यन्तै शुभ छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
कामकाजको मामिलामा अवस्था मध्यम रहनेछ। भाग्यले साथ दिनेछ। कतैबाट धन लाभ हुन् सक्छ। कुनै कार्यक्रममा सहभागी हुने अवसर पाउनुहुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
कामबारे सजग रहनुहोला, अन्यथा मुश्किलमा पर्नुहुनेछ। तारिफ सुन्नुहुनेछ। स्वास्थ्य ठिक रहनेछ। नयाँ अवसर पाउनुहुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
करियर सुखद समयको आगमन हुँदै छ। विगतमा गरेका मेहनतको फल पाउनुहुनेछ। व्यस्तता बढ्नेछ, तैपनि तपाईले सम्पूर्ण काम विधिपूर्वक सम्पन्न गर्नुहुनेछ। घरपरिवारको पूरा साथ र सहयोग पाउनुहुनेछ। शेयर बजारमा लगानी गर्दा फाइदा हुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
लामो समयदेखि चल्दै आएको पैसाको समस्याबाट छुटकारा पाउनुहुनेछ। सम्पत्ति पनि बढ्नेछ। सुरु गरेका कामहरुमा सफलता मिल्नेछ। परिवारमा खुशीयाली छाउनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
समय राम्रो रहनेछ। धन लाभ हुनेछ। काम विधिपूर्वक समयसीमा भित्रै पूरा हुनेछ। कारोबारमा सफलता मिल्नेछ। अविवाहितका विवाह हुने योग छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
वादविवादबाट टाढै रहनुहोला। कुराकानीमा कटुवाच्य प्रयोग नगर्नुहोला। धैर्य रहनुहोला, समय छिट्टै बदलिनेछ। रोकिएका कामहरु बन्नेछ। यात्राको योग छ।