रक्षा बन्धनको दिन ४७४ बर्ष पछी बन्दैछ महासंयोग, ५ राशिलाई हुनेछ लाभै-लाभ!

हिन्दुहरु महान पर्व पुर्णिमा, रक्षा बन्धन यस वर्ष अगस्ट महिनाको २२ तारिकको दिन परेको छ। रक्षा बन्धन पर्व साउन नक्षत्रमा मनाईन्छ । तर यस पटक यो साउन पूर्णिमामा धनिष्ट नक्षेत्रको साथमा मनाइने भएको छ । यस पटक परेको सोभन योगको कारण यस बर्षको रक्षा बन्धन विशेष हुने भएको छ । ज्योतिष बिधहरुको भनाई छ कि यस वर्ष वर्षौ पछी एक माहान संयोग बनेको छ ।

ज्योतिषीहरुको भनाई अनुसार यस वर्षको रक्षा  बन्धनमा ४७४ वर्ष पछी यस्तो दुर्लभ योग बन्न लागेको हो । यस भन्दा पहिले ११ अगस्ट १५४७ मा ग्रहहरुको यस्तो स्थिति बनेको थियो ।

त्यस समयमा शुक्र बुधको स्वामी राशि मिथुनमा बिराजमान भएका थिए । ज्योतिषीहरुका अनुसार रक्षा बन्धनमा यस्तो संयोग भाई र बहिनीको लागी अत्यन्त लाभदायक र फलदाही हुनेछ। आज हामि यस पोष्ट मार्फत यस ४७४ वर्ष पछी बन्न लागेको यस अद्भुत योगमा कुन- कुन राशिलाई शुभ हुनेछ, जानकारी गराउने छौँ ।

 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

ग्रहहरुको  संयोग मेष राशिका मानिसहरुको आम्दानी बढाउनेछ। प्रत्येक कार्यमा सफलताको अधिक संभावना हुनेछ। तपाइँ साथीहरु र आफन्तहरु बाट पूर्ण समर्थन प्राप्त हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

वृष राशिका मानिसहरु काममा व्यस्त रहनेछन्। नयाँ कामको दबाब हुन सक्छ। यस राशिका मानिसहरु लाई आफ्नो आमा बुबा बाट पूर्ण समर्थन प्राप्त हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मिथुन राशिका मानिसहरुको लागी रक्षा बन्धनबाट अर्को तीन दिन भाग्यले साथ दिने छ। जीवनमा चलिरहेको सबै बाधाहरु हटाइनेछ। यात्रा सुखद रहनेछ र लाभ हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका मानिसहरुको लागी आय वा धन आर्जन को संभावना धेरै हुनेछ। काममा व्यस्तता बढ्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिंह राशिका मानिसहरुले  विपक्षीहरुलाई परिजित गर्ने छन्। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ र विवाद बाट टाढा रहनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

रक्षा बन्धनको दिन कन्या राशिका मानिसहरुको लागी धेरै शुभ रहनेछ। आम्दानी बढ्नेछ र सम्मान पनि बढ्नेछ। तपाइँका विरोधीहरु शान्त रहनेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका मानिसहरुलाई भाग्यले साथ दिनेछ । सन्तान पक्षबाट लाभ हुनेछ। आम्दानी बढ्न सक्छ। कामको बोझ बढ्न सक्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

वृश्चिक राशिका व्यक्तिहरुको लागी दिन व्यस्त रहनेछ। हतारको कारण घाटा हुने सम्भावना छ। विवाद हुनबाट टाढा रहन कोसिस गर्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धनु राशि भएकाहरुको जिम्मेवारीको बोझ बढ्नेछ। तपाईले सोचे भन्दा राम्रो काम गर्न सक्नु हुनेछ। काममा साथि भाइको सहयोग मिल्नेछ ।भाग्यले साथ दिनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

लामो समय देखिको आर्थिक समस्या हल हुनेछ। धन, सम्पत्तिको योग बनिरहेको छ। कुनै पनि ठूलो काममा सफलता प्राप्त गर्ने संभावना बढ्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

बृहस्पतिको कृपाले आम्दानी राम्रो हुनेछ। काममा सफलता मिल्नेछ। सरकारी काममा सफलता मिल्नेछ। धन आर्जन हुने योग रहेको छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका मानिसहरुका लागी लाभ हुने  समय रहेको छ। योजना र रणनीतिहरु सफल हुनेछन्। धन सम्बन्धि समस्या  कम हुनेछ।
प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज भदौ ४ गते शुक्रबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् दैनिक राशिफल!