रक्षा बन्धनमा ४७४ वर्ष पछी बनेको छ यस्तो दुर्लभ योग, यस समयमा लगाउनुहोस् डोरो!

हिन्दुहरु महान पर्व पुर्णिमा, रक्षा बन्धन यस वर्ष अगस्ट महिनाको २२ तारिकको दिन परेको छ। रक्षा बन्धन पर्व साउन नक्षत्रमा मनाईन्छ । तर यस पटक यो साउन पूर्णिमामा धनिष्ट नक्षेत्रको साथमा मनाइने भएको छ । यस पटक परेको सोभन योगको कारण यस बर्षको रक्षा बन्धन विशेष हुने भएको छ । ज्योतिष बिधहरुको भनाई छ कि यस वर्ष वर्षौ पछी एक माहान संयोग बनेको छ ।

ज्योतिषीहरुका अनुसार रक्षा बन्धन पर्व राजयोगमा आउने गर्दछ । यस पटकको रक्षा बन्धनमा भद्राको साया नहुने भएको छ । जसको कारण दिदी बहिनीहरु दिनभरि आफ्नो दाजु भाइलाई राखी बाध्न सक्नेछन्। यस समयमा बृहस्पतिको चाल कुम्भ राशिमा प्रतिगामी हुनेछ र यसको साथमा चन्द्रमा पनि त्यहाँ उपस्थित हुनेछ।

बृहस्पति र चन्द्रमाको यो संयोगले रक्षा बन्धनको दिन गज कसरी योग बन्नेछ । गज केसरी योगबाट व्यक्तिको मनोकामना पूरा हुन्छ। यसको प्रभावबाट व्यक्तिमा धन, सम्पत्ति, घर, वाहन जस्ता सुख प्राप्त हुन्छ। गज केसरी योगले समाजमा सुख र सम्मान प्राप्त हुन्छ ।

गज केसरी योग बाट कस्लाई लाभ मिल्दैन

जब कुण्डलीमा बृहस्पति र चन्द्रमा केन्द्रमा बसेर एक अर्काकोमा दृस्ट पार्छन् तब यस्तो अवस्थामा बनेको योगले मानिसहरुलाई भाग्यमानी बनाउँछ । र यदि बृहस्पति वा चन्द्रमा मध्य कुनै एक कुण्डरीमा कमजोर छ भने यस्तो अवस्थामा व्यक्तिले लाभ प्राप्त गर्न सक्दैन ।

यस बाहेक रक्षा बन्धनको दिन सुर्य, मंगल र बुध सिंह राशिमा एक साथ बस्नेछन्। सूर्य सिंह राशिको  स्वामी हो। यस दिन सिंह राशिको मित्र मंगल पनि उनकै साथमा रहने छन् । ग्रहहरुको यस्तो योग धेरै शुभ र फलदायी हुने छ।

ज्योतिषीहरुको भनाई अनुसार यस वर्षको रक्षा  बन्धनमा ४७४ वर्ष पछी यस्तो दुर्लभ योग बन्न लागेको हो । यस भन्दा पहिले ११ अगस्ट १५४७ मा ग्रहहरुको यस्तो स्थिति बनेको थियो ।

त्यस समयमा शुक्र बुधको स्वामी राशि मिथुनमा बिराजमान भएका थिए । ज्योतिषीहरुका अनुसार रक्षा बन्धनमा यस्तो संयोग भाई र बहिनीको लागी अत्यन्त लाभदायक र फलदाही हुनेछ।

यस वर्ष रक्षा बन्धनको लागि १३ घण्टा १३ मिनेटको शुभ अवधि रहेको छ । तपाईहरु यस दिन बिहना ५:५० देखि बेलुका ६:०३ सम्म कुनै पनि समयमा रक्षा बन्धन मनाउन सक्नु हुनेछ

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधको राशि परिवर्तन: यी ४ राशिको चम्किनेछ भाग्य, मिल्नेछ लाभ नै लाभ !